जन्मदिनमा वृक्षरोपण

0
Shares

संगीतकार दीपक शर्माले आफ्नो जन्मदिन मनाउँदा हुने फजुल खर्च वृक्षरोपणमा खर्चेका छन् । शर्माले जन्म दिनका अवसरमा मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिका, नागडोलको छालाबस्थित ब्रम्हकुमारी ओम शान्ति प्रतिष्ठानको प्रांगण्ँमा वृक्षरोपण्ँ गरे । उनले त्यहाँ कपुर, ओखर, तेजपत्ता, पैयुँ, समीसहित विभिन्न प्रजातिको वृक्षरोपण गरेका हुन् ।

गीत संगीत सिर्जना गरेर कालान्तरसम्मका लागि मैले आफ्नो सिर्जना पस्कँदै आएको छु । यस्तै, अन्य सामाजिक काम पनि गने उद्देश्यले वातावरण संरक्षणको लागि यस पटकबाट वृक्षरोपण्ँ गरेको हुँ, शर्माले भने । यो बिरुवालाई बेला–बेलामा गोडमेला गर्न पनि म त्यहाँ पुग्ने छु । ती बिरुवा संरक्षण गर्दै हुर्काउन एकजनालाई जिम्मासमेत दिएको छु ।