राजको डान्सिब नम्बर

0
Shares

अभिनेता राज कटुवालको डान्सिब नम्बर सार्वजनिक भएको छ । अभिनेता कटुवालले प्रमिला क्षत्रीसँग गरेको डान्सिब गीतको भिडियो सार्वजनिक भएको हो ।

कठै बिचरा बोलको डान्सिब नम्बर गायकगायिका प्रताप दास र मेलीना राईले रोमान्टिक शैलीमा गाएका छन् । गीतको भिडियो हालै, ओएसआर युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा किरण माइकल घिमिरेको संगीत तथा सुदीप आत्रयको शब्द रचना रहेको छ ।

माया प्रेममा परेका युवा–युवतीबीच माया व्यक्त गर्ने क्रममा हुने माया तथा हासिमजाकको विषय समेटिएको म्युजिक भिडियोमा अभिनेता राज कटवाल र प्रमिला क्ष्ँेत्रीको जोडीको नृत्य र अभिनय जमेको छ ।

जीवन शाहीको निर्देशन रहेको म्युजिक भिडियोमा दीपक एम सिंहको कोरियोग्राफी रहेको छ भने पवन सुसलिबको छायांकन र सम्पादन रहेका छ ।