चुनावलाई डेढ करोडको कलम खरिद गरिने



काठमाडौं । आगामी मंसिर ४ गतेको चुनावका लागि निर्वाचन आयोगले करिब डेढ करोड रुपियाँको कलम र लाहा खरिद गर्ने भएको छ । आयोगले निर्वाचन प्रयोजनका लागि १ करोड ४२ लाख १९ हजार ९२० रुपियाँ बराबरको लाहा र जेल पेन खरिद गर्न बोलपत्र स्वीकृत गरेको हो ।
निर्वाचन आयोगले अनामनगरको लक्की एएस इन्टरप्राइजेजबाट उक्त सामग्री खरिद गर्ने निर्णय गरेको छ । आयोगले भदौ १७ गतेसम्म आवेदन परेको बोलपत्रमध्येबाट छनोट गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्