किम र कान्याबीच फेरि लफडा

0
Shares

हलिउड अभिनेत्री किम कार्डसियन उनका पूर्वपति तथा -यापर कान्या वेस्टबीचको विवाद फेरि एकपटक चर्चाको विषय बनेको छ।

कान्याले सामाजिक सञ्जालको माध्यमबाट किमको परिवारमाथि हमला गर्दै उनको परिवारमा व्याप्त पोनोग्राफीको कारण आफ्नो परिवार बर्बाद भएको बताएका छन्। उनले आफ्नो छोरीहरूलाई पोनोग्राफीको दलदलमा फस्न नदिने उल्लेख गर्दै आफ्नी सासु तथा किमकी आमाको नाममा लेखेका छन् ‘क्रिस यदि तिमीले मेरा छोरीहरूको प्लेब्वाईको लागि फोटोसुट गराएका छौ भने त्यसो नगर। जस्तो कि काइली र किमले गराएका थिए।’

कान्याले सन् २००७ मा किम तथा उनको बहिनी काइलीले प्लेब्वार्ई म्यागेजिनका लागि गराएको फोटोसुटबारे उल्लेख गर्दै लेखेका छन् ‘हलिउड सबैभन्दा ठूलो वेश्यालय हो र पोनोग्राफीले मेरो परिवार बर्बाद गरिदियो। मलाई पनि यसको लत लागेको थियो। यसमा नार्दी र सिकागोलाई भने फस्न दिने छैन’ उनले आफ्ना छोरीहरूको नाम उल्लेख गर्दैै लेखेका छन्। त्यस्तै, किमले आफ्नी आमाले क्रिसको नाममा लेखेको सन्देश स्क्रिन सटसहित सेयर गरेकी छिन्।

जहाँ किमकी आमाले लेखेकी छिन् ‘उसलाई भनिदिनु कि मेरो नाम लिन बन्द गरिदिनु। म ६७ वर्षको भइसकेँ र मलाई यो सब मन पर्दैन।’ यही स्क्रिन सटसहित किमले कान्यालाई तिमीलाई मेरो अश्वेत बच्चाको बारेमा कुन स्कुल पढाउने भन्ने निर्णय लिने हक छैन र उनीहरु प्लेब्वाई तथा अश्लील टेपका लागि फोटोसुट गराउने छैनन्।’

पेज सिक्समा प्रकाशित समाचारअनुसार आफ्नो ठूलो छोरी नार्दीलाई इन्स्टाग्राम अकाउन्ट खोल्न अनुमति दिएका कारण कान्याले किमको आलोचना गरेका थिए। सञ्चार माध्यमहरूका अनुसार सन् २०१४ मा विवाह गरेका कान्या र किमबीच आफ्नो छोरीहरूको स्कुलबारे मत नमिल्दा विवाद शुरु भएपछि डिभोर्स गर्ने निर्णयमा पुगेका थिए। कान्या आफ्ना बच्चाहरूलाई आफूले सन् २०२१ मा शुरु गरेको डोन्डा एकेडेमीमा पढाउन चाहन्थे भने किमचाहिँ निजी विद्यालयमा पढाउन चाहन्थिन्।