बुटवलमा आर्थरको टुबोर्ग होमकमिँ टुर

0
Shares

आर्थर गन् नामले लोकप्रिय गायक दिवेश पोखरेलले टुबोर्ग होमकमिङ टुरको क्लब प्लाटिनम काठमाडौं, लाईम एन् लेमन लाउन्ज चितवन र रोलिङ स्टोन्स पोखराकोसफलतापछि गत बुधबार लर्ड बुटवलमा जारी राखेका छन्।

के पीर पर्यो तिमीलाई? बोलको गीतबाट कार्यक्रम सुरु गरेका उनले लभ ईज माई रिडेम्पसन, न्यानो घरजस्ता आप्mना लोकप्रिय गीत गाएर दर्शक लोभ्याएका थिए। उनले नेपाली र अँग्रेजी गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए।

आर्थरले काठमाडौं, चितवन, बुटवल र पोखराका दर्शकको अपार माया र साथ पाएपछि धरान, बिर्तामोड र किर्तिपुर जस्ता सहरमा पनि आप्mनो प्रत्यक्ष प्रस्तुति दिनेछन्। सन् २०२० मा अमेरिकी गायन रियालिटी शोको उपविजेता बनेका थिए। उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तराष्ट्रिय गायकहरू र कलाकारले कार्यक्रमभरि प्रशंसा गरेका थिए।
सं

गीतसँग निकै गाढा सम्बन्ध बनाएको टुबोर्गले यही श्रृंखलालाई अघि बढाउने क्रममा यो टुर गरेको छ। टुबोर्गले नेपालमा आफ्नो सुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागि साथ दिँदै आएको छ।

टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ। टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ। सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गन्सँग आबद्ध हुन पाउँदा निकै गर्व महसुस गरेका छौं। किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरूलाई गौरवान्वित बनाएका छन्  गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्टल भने। आर्थर्ले आज प्रिभे नेपाल, काठमाडौंमा प्रस्तुति दिनेछन्।