ज्याकलिनलाई हाजिर हुन आदेश

0
Shares

सम्पत्ति शुद्धीकरणको मुद्दामा जोडिएकी बलिउड अभिनेत्री ज्यालिन फर्नान्डिजलाई दिल्लीको पटियाला अदालतले हाजिर हुन आदेश दिएको छ।
दुई सय करोड भारतीय रुपियाँको सम्पत्ति शुद्धीकरण आरोपमा मुद्दा खेपिरहेका भारतीय नागरिक सुकेश चन्द्र शेखरसँग जोडिएको ज्याकलिनको मुद्दामाथि बुधबार अदालतले गरेको सुनुवाइमा २६ सेप्टेम्बरमा उनलाई अदालतमा हाजिर हुन आदेश दिएको हो। त्यस्तै, सेप्टेम्बर १२ मा भने उनलाई दिल्ली प्रहरीले सोधपुछ गर्ने समाचारमा जनाइएको छ।

यो मामलामा भारतको प्रवर्तन निर्देशनालयले ज्याकलसँग जोडिएको अर्को खुलासा गरेको छ। निर्देशनालयको आरोपपत्र अनुसार ज्याकलिनका लागि आरोपी सुकेशले श्रीलंकामा घर खरिद गरेको र मुम्बई तथा बहराईनमा पनि एक-एक घर किन्नका लागि एडभान्स दिएको उल्लेख गरेको छ। तर ज्याकलिनले भने सुकेशले श्रीलंकामा आफ्नो लागि घर किन्ने बताए पनि आफू उक्त घरमा भने नगएको बताएकी छन्। यसभन्दा अघि ज्याकलिनले सुकेशको असली पहिचानबारे आफूलाई थाहा नभएको र सुकेशलाई नामबाट र राजनीतिक परिवारबाट रहेको आधारमा चिन्ने गरको बताएकी थिइन्।

प्रवर्तन निर्देशनालयले भने सुकेश ठग भएको र ऊविरुद्ध मुद्दा चलिरहेको छ भन्ने थाहा हुँदाहुँदै पनि उबाट ज्यालिनले विभिन्न महँगा उपहार लिइरहेको, सुकेशको कामबारे जानकारी हुँदा पनि आफू मात्र नभई आफ्नो बहिनीलाई एक लाख अमेरिकी डलर तथा भाइलाई साढे दुई लाख अस्टझेलियन डलर र आफूले पा∫च करोड भारतीय रुपियाँ उपहारको रूपमा लिएको उल्लेख छ। प्रवर्तन निर्देशनालयको छानबिनका क्रममा ज्याकलिनलाई पनि सुकेशको सम्पत्ति शुद्धीकरण मामलाको सह आरोपीको रूपमा राखेर अनुसन्धान गरिँदै आएको छ भने उनको संलग्नताको प्रशस्त प्रमाण भेटिएपछि उनलाई विदेश जानसमेत रोक लगाइएको छ। उनले बयानको क्रममा आफू र सुकेशको सम्बन्ध स्वीकार गर्दै आफूलाई हिराको औंठी दिएर प्रेम प्रस्ताव राखेको बयान दिएकी थिइन्।

ज्याकलिनले सन् २०१७ देखि चन्द्रसेखरसँग चिनजान भए पनि सन् २०२१ मा चन्द्रसेखरको गिरप्तारीपछि आफूहरूको कुराकानी र भेटघाट नभएको जनाउँदै आए पनि छानबिनको क्रममा जेलमा रहेका बेला पनि ज्याकलिनसँग सुकेशको फोनमा कुराकानी हुने गरेको र वित्तीय लेनदेनको पनि सबुत मिलेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै, सुकेशले एस्पुला नामको भारतीय पचास लाखको घोडा, ९ लाखको बिरालो, तीन ओटा गुचीको डिजाइनर ब्याग, लुई भिटानको जुत्तालगायत विभिन्न मह∫गा तथा विलासी वस्त उपहार दिएका थिए। केही समयअघि सुकेश तथा ज्यालिनको अन्तरंग तस्वीरसमेत सार्वजनिक भएको थियो।