गोविन्द अमेरिकामा पनि नृत्यमै व्यस्त

0
Shares

नृत्य निर्देशक गोविन्द राई जहाँ पुग्छन्, त्यहाँ शुरु हुन्छ नृत्य र कोरियोग्राफी।

फिल्म निर्देशनसमेत गरिसकेका लोकप्रिय नृत्य निर्देशक राई यतिबेला अमेरिका पुगेका छन्। केही समयअघि अमेरिका पुगेका उनले त्यहाम् पुगेर पनि नृत्य कर्म नै गरिरहेका छन्। अमेरिकामा रहेका गायक गायिका र कलाकारलाई लिएर राईले म्युजिक भिडियो बनाइरहेका छन्।

उनले केही म्युजिक भिडियो निर्देशन गरेका छन् भने केही म्युजिक भिडियोका लागि नृत्य निर्देशन गरेका छन्। ञम त अमेरिका आएर पनि आप्mनै कर्म पो गरिरहेको छु तु गोविन्दले अमेरिकाबाट नेपाल समाचारपत्रसँग कुरा गर्दै भने ञमेरो रगतमै डान्स रहेछ। त्यसैले, जे गरे पनि जहाँ गए पनि यो मबाट हट्नेवाला छैन।

तीन दशकदेखि रंगमञ्च, फिल्म, टेलिभिजन कार्यक्रजस्ता विभिन्न मञ्चमा आबद्ध भई नृत्य निर्देशन गर्दै आएका उनलाई अमेरिका पुगेर पनि त्यहाँ घुम्ने फुर्सद भने खासै मिलेको छैन। अमेरिकामा गएदेखि नै उनी त्यहाँ निर्माण हुने विभिन्न गीतका भिडियोको कोरियोग्राफीमै व्यस्त छन् भने पछिल्लो समय तीज गीतका भिडियो कोरियोग्राफीमा व्यस्त रहे। ञयता आएदेखि नै डान्सकै काममा व्यस्त छु। अलि अघिसम्म मौलिक तीज गीतको भिडियोको चाप थियो। स्टेज कार्यक्रमका साथै साना बालबालिकालाई नृत्य सिकाउने कार्य पनि भइरहेको छु गोविन्दले भने।

रेखा थापा, अरूणिमा लम्साल, उषा पौडेल, मुकेश ढकालजस्ता दर्जनौं कलाकारलाई नृत्य सिकाएर उनीहरूको प्रिय नृत्य निर्देशक बन्न सफल उनले स्वस्तिमा खड्का, निशा अधिकारी, निराजन प्रधान, पल शाहलगायत अभिनेता अभिनेत्रीलाई पहिलोपटक नृत्य सिकाएका थिए। जो अहिले कला क्षेत्रमा सफलता हासिल गरिरहेका छन्।

मेहनत र इमानदारीताका साथ काम गर्ने व्यक्ति भएकै कारणले होला नेपालमा रहँदा पनि धेरै कलाकारले रुचाउनुभएको मलाई अहिले अमेरिकामा हुँदा पनि पहिले काम गरेका कलाकारदेखि पछिल्लो समयका कलाकारहरूले पनि सम्झँदै आइरहनुभएको छु गोविन्दले प्रशन्नता व्यक्त गर्दै सुनाए।