टेलर स्विफ्टको -याटिझक

0
Shares

विश्व संगीत क्षेत्रको प्रतिष्ठित मानिने एमटीभी भिडियो म्युजिक अवार्ड २०२२ सोमबार सम्पन्न भएको छ। अमेरिकाको न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा सम्पन्न समारोहमा गायिका टेलर स्विफ्टले भिडियो अफ द इयरको उपाधि चुम्दै लगातार तीनपटक यो अवार्ड चुम्ने गायिकासँगै आफैंले निर्देशन गरेको भिडियोबाट यो विधाको अवार्ड जित्ने कलाकार बनिन्। यो भिडियोबाट स्याडी सिंकले उत्कृष्ट निर्देशकको आवर्ड चुमिन्।

त्यस्तै, इन्डस्ट्री बेबीबाट लिल नेस एक्स र हर्लाले बेस्ट कोल्याब्रेसन, हाउसबाट ह्यारी स्टाइलले एलबम अफ द इयर, ब्ल्याक पिंकबाट लिसाले पप गायिका, अबाउट ड्याम टाइमबाट लिज्जोले भिडियो फर गुड, ह्यापियर देन इभरबाट बीली इलिसले सङ अफ द इयर, फस्ट क्लासबाट ज्याक हर्लोले सङ अफ द समर, वुमनबाट डोज क्याटले कोरियोग्राफी, याज इट वाजबाट ह्यारी स्टाइलले छायांकन र बीटीएस ग्रुप अफ द इयर, आउट अफ टाँइमले आर एन्ड बी, आई वान्ना बी योर स्लेभदले अल्टरनेटिभ, बेस्ट समरले रक, डु वी ह्याभ अ प्रब्लमले हिपहप, डोभ क्यामरनले नवकलाकार, साकोले सम्पादन, इन्डस्ट्री बेबीले भिजुअल इफेक्ट र कला निर्देशन विधामा अवार्ड चुमे भने ब्याड बन्नी आर्टिस्ट अफ द इयर जित्ने पहिलो ल्याटिन अमेरिकी कलाकार बने। विभिन्न कलाकारको प्रस्तुतिसहित अघि बढेको कार्यक्रममा हलिउड अभिनेता जोनी डिपले सरप्राइज प्रस्तुति दिएका थिए।