दिवेश पोखरेलले गरे द क्लिफमा बन्जी जम्प

0
Shares

काठमाडाैं ।

अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलु का फस्ट रनर अप दिवेश पोखरेल (अर्थर गन) कुश्मा पुगेर द क्लिफमा बन्जी गरेका छन् ।

साङ्गितीक कार्यक्रमका शिलशिलामा नेपाल आइपुगेका दिवेशले पोखराको कार्यक्रम सकेर आइतबार बन्जी गर्न गएका हुन् । नेपालमै रहेको बिश्वकै दोश्रो अग्लो बन्जीमा जम्प गर्न पाउँदा एकदमै खुशी छु दिवेश थप्छन्  । सुरुमा डर लाग्ने भए पनि जम्प पछाडिको खुशी अद्भुत हुने रहेछ ।

बिश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको स्काइ साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, हाइ रोप स्टेसन, स्काइ ग्लाइडिङ पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्दै लगिएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।