उल्टो सुल्टोले मनायो दुई सय भागको खुसियाली


हास्य टेलिश्रृंखला उल्टो सुल्टोले प्रसारणको दुई सय भाग पूरा गरेको खुसीयाली मनाएको छ। लोकप्रिय हास्य कलाकार रवि डंगोल (बेमान) को निर्देशनमा हरेक शनिबार बेलुकी रमाइलो टेलिभिजन र मिडिया हबको अफिसियल युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको उल्टो सुल्टोले राजधानीमा आयोजित एक कार्यक्रमका बीच उल्टो सुल्टोल प्रसारणको दुई सय भाग पुगेको खुसियाली मनाएको हो।

समारोहमा टेलिफिल्मलाई दुई सय भागसम्म पु-याउन सहयोग पु-याउने दर्शक, कलाकार तथा शुभ चिन्तकलाई निर्देशक तथा सो सिरियलका प्रमुख कलाकारमध्येका एक रवि डंगोलले आभार प्रकट गरेका थिए। ञहाम्रो सानो कोशिसलाई निरन्तर साथ तथा हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु। दर्शकको साथ सहयोग रहे टेलिफिल्मले अझै धेरै सफलता प्राप्त गर्नेछ। त्यस कारण दर्शकबाट अझ धेरै साथ सहयोगको अपेक्षा रहेको छु उनले भने।

सिरियलकी प्रमुख कलाकारमध्येकी एक पल्पसा डंगोलले उल्टो सुल्टो हजारौं भागसम्म पुगेको हेर्न चाहेको बताइन्। कलाकार तथा उल्टो सुल्टोका कार्यकारी निर्माता बालदीप राईले विभिन्न आरोह अवरोह पार गर्दै टेलिफिल्म २०० भागसम पुगेको बताए। ञकोरोना महामारीको चपेटामा पर्दासमेत हामीले निरन्तर टेलिफिल्म छायांकन र प्रसारण गर्दै आएकाले पनि यो सफलता मिलेको होु उनले भने।

कार्यक्रममा निर्देशक श्याम राई, श्रीप्रसाद थापालगायतले उल्टो सुल्टोको निर्माण टिमलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए। टेलिफिल्ममा रवि डंगोल, बालदीप राई, सुभाष गजुरेल, श्याम राई, निशा पाख्रिन, सुसिला निरौला, सुनीता श्रेष्ठ, रक्षा गुरागाईं, मनोज तामाङ, मुकेश हमाल, मीना लामालगायतका कलाकारले अभिनय गर्दै आएका छन् भने दिलिप विष्टले छायांकन गर्दै आएका छन्।