तीजमा अवार्डदेखि भिडियोसम्म


नेपाली महिलाहरूको चाड तीजको अवसर पारेर राजधानीमा तीज गीत–संगीत र म्युजिक भिडियोका विभिन्न विधामा विभिन्न नाममा अवार्ड कार्यक्रम भएका छन्। करिब–करिब उही मितिमा भएका अवार्ड कार्यक्रमसँगै सम्मान कार्यक्रम पनि थपिएको छ।तीजको पूर्व सन्ध्यामा भएका यी कार्यक्रमका कारण राजधानी तीज अवार्ड र सम्मानमय हुन पुगेको छ।

समाचारपत्रकी थापा सम्मानित

तीजका अवसरमा काव्य म्युजिक सेन्टरद्वारा राजधानीमा सम्पन्न काव्य तीज म्युजिक अवार्ड २०७९ मा नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापा रंग पत्रकारिता सम्मान २०७९ बाट सम्मानित भएकी छन्। पत्रकारिताको क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै थापालाई सो सम्मानबाट सम्मानित गरिएको आयोजकले जानकारी गराएका छन्।

२६ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन अमरु लाई काव्य संगीत रजत सम्मान तथा फिल्मकर्मी रोशन कुमार, इभेन्ट डाइरेक्टर निशुकान्त झा, नृत्य निर्देशक उमेश गुरुङ, अमन श्रेष्ठ, चिरञ्जीवी भन्डारी, दिलिप केसी, गोपाल अर्याल, हनुमान यसमाली सुदीप, कविता टोलाङी, कमला सापकोटा, मुकेश हुमागाईं, मीन रावल, राज मगर, सम्झना बुढाथोकी, जेष्ठ नागरीक गायत्री भण्डारी, समाजसेवी सीता राईलाई आ-आप्mनो क्षेत्रमा योगदान पु-याएवापत विभिन्न सम्मानबाट सम्मानित गरिएको थियो।

कार्यक्रममा उहिलेका भाकाबाट श्रीकृष्ण बम मल्लले सर्वोत्कृष्ट तिज गीत तथा सोही गीतबाट जुनु रिजालले गायिकाको अवार्ड चुमे भने जान्न बाबा जान्नबाट प्रकाश कटुवाले गायक, बेसारे मायाबाट जयराम

भट्टले निर्देशक, बिच्च बिच्चमा ६ बाट दुर्गेश थापाले मोडल तथा जेमिनर जेभिस श्रेष्ठले बाल कलाकार, बिन्दुबाट रविना अधिकारीले महिला मोडल, सौतेनी छोरीबाट प्राप्ति भट्टले बाल गायिका, छोरीको वेदनाबाट संगीता पौडेलले लय, रेवनको चस्माबाट सुनील अधिकारीले शब्द, माइती देश प्यारोबाट नरेश ऐराले छायांकार, देवरज्युको बिहेबाट केशव बडुले एरेञ्जर र माइतीको आँगनीबाट विनोद बमले सम्पादकको अवार्ड उचाले।

सञ्चारकर्मी सुरक्षा भट्टराईले सञ्चालन गरेको कार्यक्रममा गुल्मी तिरैबाट लक्ष्मण केसी नव निर्देशक र मनिस श्रेष्ठ नव छायांकार, तीज आयोबाट सुमी संस्कृति मौलिक भाका, लरि लरि लैबाट रञ्जित विश्वकर्मा नव गायक, तीज आयो घुमेरबाट मोदिका निरौला र माइतीको आँगनीबाट लक्ष्मी दनाँल नव गायिका, प्रमेश्वर दाहाल नव मोडेल तथा रेशमी सारीबाट सावित्री पुरी नव मोडल महिला, जोवनबाट कपिल आरक नव एरेञ्जरका अवार्ड विजेता भए भने पपुलर विधातर्फ सम्धी सम्धिनीबाट होम धिताल गायक, छमछमबाट रेखा शाह गायिका, आउ नाचौँबाट मिनल श्रेष्ठ जुरीतर्फको निर्देशक तथा छम छमबाट रूपेश थापा छायाँकारको अवार्ड विजेता भए।

तीज गीत तथा आकर्षक नृत्यसहित अघि बढेको कार्यक्रम राजेन्द्र पुरीको संयोजनमा सम्पन्न अवार्डमा म्युजिक भिडियो निर्देशिक बबिता श्रेष्ठ, निरेन श्रेष्ठ, देवेन्द्र पाण्डे, जनक सिंह र गायिका कमला गौतम स्मृति निर्णायक रहेका थिए। सम्मानित तथा अवार्ड विजेतालाई बधाई दिँदै कार्यक्रमकी प्रमुख अतिथि अभिनेत्री लक्ष्मी गिरीले कलाको माध्यमद्वारा कलाका सधैं बाँचिरहने चर्चा गरिन्।

छायाँछविको सम्मान

त्यस्तै छायाँछवि क्रियसनको प्रस्तुतिमा राजधानीमा सम्पन्न नवौं छायाँछवि तीज म्युजिक अवार्ड –०७९ मा दीपज्योती थापालाई नगद पाँच हजार पाँच सय ५५ सहित छायाँछवि तीज रंगपत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो भने खेलाडी तथा कलाकार नन्दा बस्याल र गीतकार सामना शाहलाई नारी सम्मानबाट सम्मानित गरिएको थियो।

सञ्चारकर्मी सुष्मा श्रेष्ठले कार्यक्रम संचालन गरेको कार्यक्रममा समुद्र वाग्ले, सुशिला थापा र उषा खनाल उत्कृष्ट तीज गीत मोडल, देवेन्द्र पाण्डे मौलिक तीज गीत नृत्य निर्देशक, सुमन सागर जंग केसी नृत्य निर्देशक नारायण रिजाल भिडियो निर्देशक, सुमन दाहाल डायस्पोरा भिडियो निर्देशक, राजु परियार दोहोरी गायक, प्रतीक्षा वाग्ले दोहोरी गायिका, शोभा कार्की नव–गायिका, सकुना श्रेष्ठ र मञ्जु उपासना युगल गीत, सहिमा श्रेष्ठ दोहोरी मौलिक गीत र अञ्जु श्रेष्ठ तीज गीत गायिका जुरी अवार्डको विजेता भएका थिए। कार्यक्रममा अन्य विभिन्न विधामा पनि अवार्ड प्रदान गरिएको थियो।

प्रकाश र चन्दालाई शिवशक्ति अवार्ड

उता शुभकामना मिडिया सोलुसनको आयोजना तथा आर्टिूट अफ नेपालको प्रस्तुतिमा राजधानीमा सम्पन्न शिवशक्ति तीज म्युजिक अवार्ड–२०७९ मा दोहोरीतर्फ प्रकाश कटवाल र चन्दा अर्याल उत्कृष्ट गायकगायिका घोषित भए भने मौलिकतर्फ सुनीता दुलाल उत्कृष्ट गायिका घोषित भइन्। त्यस्तै, रेखा शाहको छमछम पातली कम्मरलाई उत्कृष्ट मौलिक गीतको अवार्ड दिइयो भने रविन लामिछाने र शोभा कार्कीलाई लोकप्रिय गायक गायिकाको अवार्ड दिइयो।

लोमश शर्मा र गीता ढुगानालाई लोकप्रिय मोडल घोषणा गरिएको कार्यक्रममा गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरुध्र र शीला आलेलाई चिरायु आर्टिस्ट अफ नेपाल त्रिरत्न नारी सम्मानबाट सम्मानित गरियो भने अनिता बिन्दुलाई कला पत्रकारिता सम्मान, शोभिता सिंखडालाई कला अध्यात्म सम्मानबाट, पल्पसा डंगोललाई हास्यकला सम्मान, तथा गायिका पवित्रा रसाइली र गायत्री भण्डारीलाई अग्रज नारी सम्मानबाट सम्मानित गरियो।

कार्यक्रममा गायक सुप्रिम मल्ल तथा गायिका राधिका हमाल, शिला आले, जुनु रिजाल र रेखा शाहले गीत प्रस्तुत गरेका थिए भने मोडल रविना भण्डारीले नृत्य प्रस्तुत गरेकी थिइन्।

किरणले ल्याए ड्युटी छोडेर

लोकप्रिय हास्य अभिनेता किरण केसी ‘राता मकै’ ले कर्तव्य पालनका क्रममा तीज मनाउन नपाउने सुरक्षाकर्मीको पिडालाई केन्द्रित गर्दै ड्युटी छोडेर बोलको तीज गीत भिडियोसहित सार्जजनिक गरेका छन्।

कर्तव्य पालना गर्ने क्रममा माईती तथा परिवारका साथ तीज मनाउन नपाएका सुरक्षाकर्मी महिलाका कथामा आधारित यो मार्मिक गीतमा किरणलाई गायनमा गायिका सुनीता बुढा क्षेत्रीले साथ दिएकी छिन्। बबुल गिरीको शब्द र संगीत तथा एरेन्ज रहेको गीतमा आकर्षक भिडियो निर्मँण भएको छ।

विराज फुयाँल र सन्दीप घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा किरणका साथ अभिनेत्री प्रियंका कार्की र शारदा गिरीले अभिनय गरेका छन्। जँहा प्रियंका महिला प्रहरी तथा किरण र शारदाले बाबुआमाको भूमिकामा अभिनय गरेका छन्। सातदोबाटो प्रहरी बीट तथा इमाडोल ब्यांक्वेटमा छायांकन गरिएको भिडियो निकै आकर्षक बनेको छ। किरणकै किरण केसी राता मकै युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा बुबाले भन्छन् ।

सबका चेली माइती आए भरे आँगनी तिम्री आमा रुन थालिन् म पनि मै बुढा भा बसीराछु दैलो कुुरेर कसैगरी आउ न छोरी ड्युटी छोडेर। गीतमै जवाफमा छोरी भन्छिन्, तीजकै बेला ड्युटी प-यो मेरो जेलैमा जेलभित्रका दिदी बहिनी रुन्छन् धेरै बा तीनको लागि खुवाउनु छ माइती बहिनी दर पकाएर यस्तो बेला आउँदिनँ बा ड्युटी छोडेर। किरणले तीजका बेला चेलीबेटी जम्मा भएर नाचगान गर्ने चलनको दृश्यमा नेपाली बाजा र संस्कृतिको महत्वबारे संवादसमेत बोलेका छन्।

‘यो गीत मैले विशेषगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र विदेश गएर कार्य व्यस्तताले आफ्नो परिवार साथीभाइ, गाउँठाउँमा तीज मनाउन नपाएको चेलीको पीडाको बोध भएर गाएको गीत हो। जुन छोटो समयमै धेरै दर्शकले हेरेका छन्। सकारात्मक प्रतिक्रिया पाइरहेको छ।’ वीरेन्द्र भट्टको छायांकन रहेको गीतको भिडियोमा विष्णु खड्काको छायांकन रहेको छ।