लोक दोहोरी प्रतिष्ठान रुपन्देहीद्वारा अपाङ्ग आश्रममा सहयोग

0
Shares

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले बुटवल–१३ स्थित नेपाल अपाड्ड आश्रममा सहयोग गर्नुका साथै आश्रममा आश्रीतहरुलाई तीजको दर खुवाएको छ ।

प्रतिष्ठान रुपन्देहीका संरक्षक तथा केन्द्रिय पुर्व सल्लाहकार एवं बुटवल उद्योग वाणिजय संघका निवर्तमान अध्यक्ष खेम हमालले गमलामा पानी राखेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथिहमालले प्रतिष्ठान रुपन्देहीले हरेक वर्ष यस्तै रचनात्मक तथा सामाजिक उत्तरदायित्व अनर्तगतका कार्यहरु गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

आयोजक संस्थाका अध्यक्ष दीपक कार्कीले कलाकारहरु कलाकर्ममा मात्रै नभएर सामाजिक उत्तरदायित्वअन्र्तगत सामाजिक सेवामा पनि अग्रसर हुनुपर्छ भन्ने उद्देश्यका साथ यस किसिमको कार्यक्रम गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताउनु भयो ।