बुबाको मुख हेर्ने दिनमा महापुरुषको बा


ख्यातिप्राप्त हास्यव्यग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा अभिनीत फिल्म महापुरुषको पहिलो गीत सार्वजनिक गरिको छ ।

शनिबार बुवाको मुख हेर्ने दिनको अवसर पारेर महापुरुषको बा बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो। सामाजिक कथामा निर्माणाधीन फिल्मको यो कारुणीक गीत सम्पूर्ण बुबाप्रति समर्पित गरिएको छ। गीतमा नवराज पराजुलीको शब्द रचनाले बुवा र छोरालाई भावनात्मक रूपमा जोडको छ। गीतमा कँडेलको संगीत रहेको गीत उनैले गाएका छन् ।

भावप्रधान गीतको भिडियोमा हरिवंश आचार्यका साथमा रविन्द्र सिंह बानियाँ र डेब्यु अभिनेता अरुण क्षेत्री फिचर्ड छन्। हरिवंश र अरुण बुवा र छोराको भूमिकामा छन्। जात्रा निर्देशक प्रदीप भद्मराईको लेखन र निर्देशनमा निर्माणाधिन फिल्म आगामी कार्तिक ११ गतेदेखि रिलीजमा आउनेछ ।

मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणका साथमा गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भद्मराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्ज्वल पराजुलीलगायतले अभिनय गरेको फिल्ममा कालीप्रसाद बास्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको द्वन्द्व, वाइल्ड रिपर्जको कोरियोग्राफी, दीपक बज्राचार्यको छायांकन र मित्र डी. गुरुङ को सम्पादन रहेको छ। षट्कोण आर्ट्सको व्यानरमा म्याक्स दिपेश खत्रीद्वारा निर्माणाधी फिल्ममा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेका छन्।