इमेज अवार्डको मनोनयन सूची सार्वजनिक


नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण मानिँदै आएको इमेज अवार्डको २२औँ संस्करणको उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरिएको छ ।

आगामी असोज ३ गते सोमबार राजधानीमा आयोजना हुने इमेज अवार्डअन्तर्गत शनिवार होटल -याडिसनमा आयोजित एक समारोहबीच मनोनयन सूची सार्वजनिक गरिएको हो। इमेज च्यानलद्वारा दई दशक अघिदेखि वर्षेनी हुँदै आएकोे सांगीतिक वृत्तको ठूलो अवार्ड ईमेज अवार्डमा विगतझैं यस वर्ष पनि गीत, संगीत, रचना, म्युजिक भिडियो र पब्लिक च्वाइस अवार्ड गरी १५ विधाका उत्कृष्ट पाँच-पाँच मनोनयन सार्वजनिक गरिएको छ। यस वर्षदेखि नयाँ विधाका रुपमा नेपहप-याप प्रस्तुति पनि प्रतिस्पर्धामा समावेश गरिएको छ।

२२औं संस्करणको अवार्डको सर्वोत्कृष्ट गीत विधामा लैजाउ मलाई बोलको गीतबाट अभया एन्ड द स्टिम इन्जिन्स, देखेर तिमीलाईबाट सुजन चापागाईं र विद्या तिवारी, कालो केशमा रेलीमाईबाट दिनेश ढकाल, जेल पनि सहुँलाबाट बलबहादुर राजवंशी र मेलिना राई तथा हे मनबाट शंकर थापा स्माईल मनोनयनमा परेका छन्। गीत रचनामा छोटो छ जिन्दगीबाट नारायण नेपाल, हे मनबाट राखी गौचन, आफैं हिँड्ने बाटोबाट रमेश दाहाल, रेलीमाईबाट वसन्त विश्वकर्मा र यादका लहरहरुबाट डा. प्रकाश पौडेल, संगीत विधामा काले केशमा रेलीमाईबाट दिनेश ढकाल, जेल पनि सहुँलाबाट हरि लम्साल, बाँचुञ्जेलबाट कृति न्यौपाने, तड्पी तड्पीबाट कर्मा ग्यालजेन बमजन र देखेर तिमीलाईबाट सुजन चापागाईं, लोकगीत गायनमा मलाईबाट कृष्ण रेउले, एक्लो सिमलबाट सुनिता बुढा क्षत्री, बाँचे जिन्दगीबाट रामकमार नेपाली, खुर्सानी डल्लेबाट भीषण मुकारुङतथा घुमी घुमीबाट सुजन चापागाईं र शान्तिश्री परियार, दोहोरी गीत गायनमा डाँडाघरे साईंलीबाट स्वरुपराज आचार्य र लक्ष्मी मल्ल, जलजलाबाट कुलेन्द्र बिक र सुनिता बुढा क्षेत्री, लौन दाजैबाट प्रकाश दुतराज र शान्तिश्री परियार, झुम्का झलक्कैबाट सनी विश्वकर्मा र विष्णु माझी तथा हातैको पौजालेबाट कुशल बेलवासे र शान्तिश्री परियार, समूह वा युगल गायनमा देखेर तिमीलाईबाट सुजन चापागाईं र विद्या तिवारी, नबोली नबोलीबाट प्रविण बेडवालर समिक्षा अधिकारी, जेल पनि सहुँलाबाट बलबहादुर राजवंशी र मेलिना राई, लैजाउ मलाईबाट अभया एन्ड द स्टिम इन्जिन्स तथा तिमी र मबाट सन्दीप ढुंगाना र बानिका प्रधान मनोनयनमा परेका छन्।

त्यसैगरी, पप पुरुष गायनमा म फकाउछुबाट सुजन चापागाईं, मेरा दिन भयोबाट एडिझयन प्रधान, गाजल टिकीबाट एकदेव लिम्बू, माया मारेरबाट धर्मेन्द्र सेवान र के लेखुँबाट सुरज शाही ठकुरी, पप महिला गायनमा अकस्मातबाट बानिका प्रधान, माया हो किबाट सुवानी मोक्तान, सजाउबाट त्रिशाला गुरुङ, कम्पनी मालाबाट आस्था राउत र पोल्छबाट मेघा श्रेष्ठ, पुरुष गायनमा तड्पी तड्पीबाट कर्मा ग्यालेन्जन बम्जन, हे मनबाट शंकर थापा स्माइल, पहिलो चोटीबाट राज सिग्देल, बिर्सीनेलाईबाट जगदिश समाल र छुट्नु पर्नेबाट प्रवीण भेटवाल, महिला गायनमा टाढा भएपनिबाट अस्मित अधिकारी, पाउ हजुरकोबाट निशा देशार, अझै पनिबाट रचना रिमाल, दुनियाँको आँखाबाट ममता गुरुङर पुरानो घाउबाट अञ्जु पन्त, म्युजिक भिडियो छायाँन्नकारमा माथिल्लो लेकमाबाट मिलन साकार, समाचारबाट उत्तम हमागाईं, नुनको भारीबाट भीमसेन कायल ठकुरी, कोही साथीबाट बुद्ध थापा र फिक्का फिक्काबाट पवन सुसलिङ, म्युजिक भिडियो सम्पादकमा समाचारबाट लोकश बज्राचार्य, यस्तै नै होलाबाट निभल बज्राचार्य, काठमाडौं बजारबाट विष्ट प्रोडक्सन, नुनको भारीबाट पदम सुवेदी र माथिल्लो लेकमाबाट इन्टेन्स यिल्ड मनोनयमा परेका छन्।

 

त्यस्तै म्युजिक भिडियो निर्देशकमा घुमी घुमीबाट नवीन चौहान, अब आउन्या भएबाट असिम शाह, यस्तै नै होलाबाट निभल बज्राचार्य, लाजको घुम्टोबाट शान थापा र नुनको भारीबाट विनयराज पौडेल, नेपहप÷-याप प्रस्तुतिमा देशबाट इज, युनिक पोयट र कु, ढाका द्यौतीबाट भ्योमा र डि वन, म -यापार होइनबाट नास्टो र डारविन, गोप्यबाट योद्धा र मेरो देश बिरामीबाट युनिक पोयट मनोनयनमा छ भने पब्लिक च्वाईस अवार्ड विधामा रम रम मरौतीबाट खेम सेन्चुरी र अस्मिता अधिकारी, माया जदौबाट फिल्म हिजोआजको कुरा, बतासबाट शास्वत खड्का, फुल बुट्टे सारीबाट मिलन नेवार र साली मन प-योबाट फिल्म घामड सेरे मनोनयनमा परेको छ।

विश्वभर फैलिएको कोभिड महामारीको कारण पछिल्लो दुई वर्ष अवार्ड कार्यक्रम गर्न संभव नभएकोले सो अवधिसमेत पर्नेगरी यस वर्ष २०७६ साल असार १ गतेदेखि २०७९ साल जेठ मसान्तभित्र सार्वजनिक भएका नेपाली गीत, संगीत, रचना र म्यूजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको इमेज च्यानलका अध्यक्ष तथा प्रवन्ध निर्देशक आरके मानन्धरले जानकारी गराए। ञ१५ वटै विधाका मनोनयनमा नेपाली सांगीतिक क्षेत्रका विज्ञबाट मूल्यांकन एबं प्राविधिक मतका आधारमा प्रत्येक विधाका उत्कृष्ट पाँचको चयन गरिएको हो। यसपटक पब्लिक च्वाईस अवार्डको लागि अनलाइन भोटिङ इमेज खबर डट कममार्फत खुल्ला गरिएको छ।

यस विधामा सर्वाधिक भोट प्राप्त गर्ने गीत र त्यसका स्रष्टालाई विजेता घोषणा गरी अवार्ड प्रदान गरिने छ उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक कार्यक्रममा मानन्धरले जानकारी गराए ञईमेज अवार्डको विशेष आकर्षणको रूपमा रहेको इमेज लाइफटाइम अचिभमेन्ट अवार्डबाट यस वर्ष नेपाली सांगीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व, हास्यव्यंग्य जगतका नक्षत्र ख्यातिप्राप्त कलाकारद्वय महजोडी मदनकृष्ण श्रेष्ठज्यू र हरिवंश आचार्यज्यूलाई सम्मानित गर्न लागेको सहर्ष जानकारी गराउँदछाैं। सो अवसरमा मनोनयमा परेका गीत संगीत र त्यसमा संलग्न विभिन्न व्यक्तित्वलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

इमेज एफएम ९७.९ को शुभारम्भसँगै २०५५ सालमा स्थापित इमेज अवार्डले विभिन्न विधामा धेरै सर्जकहरूलाई सम्मान गरिसकेको छ। इमेज अवार्डको उद्देश्य नेपाली संगीत, संगीतकर्मी र संगीत उद्योगको क्षेत्र व्यापक बनाउन, गुणात्मक श्रीवृद्धि गर्न र गीत संगीतको विधामा लागेका स्रष्टाहरूलाई प्रोत्साहन गर्नु रहेको तथा आफूहरूले समाचार मात्र नभई गीत संगीतलाई पनि त्यत्तिकै प्राथमिकता दिएको ईमेज च्यानलका अध्यक्ष मानन्धरले बताए।