नेपाललाई लिएर चर्चामा सेलेना


चर्चित अमेरिकी गायिका एवमं अभिनेत्री सेलेना गोमेज आफ्नो अभिनय, गीत तथा सामाजिक कार्यका कारण बेला-बेलामा चर्चामा रहने गर्छिन्।

यतिबेला सेलेना नेपालसँग जोडिएको विषयका कारण चर्चामा छिन्। नेपालको विद्यालयमा पढाइ हुने अंग्रेजी विषयको पाठ्यपुस्तकमा सेलेना गोमेजबारे सामग्री समावेश भएपछि यो समाचार अन्तर्राष्टिझय सञ्चार माध्यम तथा उनका प्रशंसकबीच चर्चाको विषय बनेको हो।

कक्षा ४ को पाठ्य पुस्तकमा सेलेनाको गीत हु सेज युट्युबमा सुनेर अंग्रेजी भाषा राम्रो बनाउन सकिने सन्दर्भमा उक्त गीतको शब्द तथा उनको फोटोसहित सांगीतिक करिअर समावेश गरिएको छ।

उनको बारेमा यस्तो सामग्री समावेश पुस्तकको फोटो सामाजिक सञ्जालहरूमा हाल भाइरल भइरहेको छ।करिब ८ वर्षअघि युएनडीपीको कार्यक्रमअन्तर्गत सेलेना नेपाल आउँदा पनि नेपालमा खिचिएका सेलेनाका तस्वीरले अन्तर्राष्टिझय सञ्चार माध्यममा चर्चा पाएको थियो।