युरोपको मेलाका सहभागी नेपाली नाच हेरेर मन्त्रमुग्ध


नेपाली कलाकारको एक टोलीले युरोपियन राष्ट्रमा नेपालको मौलिक नृत्यहरू प्रस्तुत गरेर वाहवाही कमाएको छ।

एभरेस्ट नेपाल कल्चरल ग्रुपका कलाकारले स्विट्जरल्यान्डको मान्टिग्नी र फ्रान्सको कोन्फोलेन्समा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट सहभागी भई नेपालका विभिन्न मौलिक नृत्य प्रस्तुत गरेर वाहवाही कमाएको हो।

लामो समयदेखि विभिन्न देशमा पुगेर सांस्कृतिक आदान प्रदान गरेर नेपाललाई विश्वसामु परिचित गराउँदै आइरहेको एभरेस्ट नेपाल कल्चरल ग्रुपले स्विट्जरल्यान्ड र फ्रान्समा नेपालका विभिन्न भागमा प्रचलित नाच र गीत संगीत प्रत्यक्षरूपमा प्रस्तुत गरेर मेलामा सहभागी विश्वका विभिन्न देशका मानिसलाई मन्त्र मुग्ध बनाएको थियो।

मेलामा टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने विभिन्न नृत्य प्रस्तुत गरेको थियो। उक्त मेलामा नेपालको तर्फबाट याउरे, तामाङ, मारुनी, थाली, सतार, धिमाल, शेर्पा, कुमारी, लाखे, सोरठीलगायत दर्जनौं नृत्य प्रस्तुत गरिएका थिए।

नेपाली मौलिक नाच र पहिरनबाट आकर्षित भई सहभागीहरूले आपूmहरूसँग फोटो खिचाएको र विभिन्न जिज्ञासा राखेको कोरियोग्राफर तथा नृत्य कलाकार जोगेन्द्र केसी र शम्भु शाहीले जानकारी गराए। मेलामा नेपालसहित विश्वका १४ राष्टझको समूह सहभागी थियो।

एभरेस्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा सहभागी टोलीमा ग्रुपका निर्देशक शितल आचार्यको निर्देशन र जोगेन्द्र केसीको नृत्य निर्देशन रहेकोे थियो भने संगीत संयोजन रामबहादुर भुजेलले गरेका थिए।

मेलामा कृष्ण रेउले, उत्तम शर्मा, भवानी कोइराला, प्रमिला रिजाल, सपना महर्जन, गौरी ढकाल कोइराला, सनि शाही तथा वाद्यवादन र गायनमा रामबहादुर भुजेल, धनेश्वर तिवारी, रामप्रसाद पाण्डे, रिता बुढाथोकी भुजेल तथा प्रबन्धक डेकप्रसाद अधिकारी (गोपाल) सहभागी थिए।

सहभागि अन्तराष्ट्रिय समूहका कलाकारलाई नृत्य निर्देशक जोगेन्द्र केसीले नेपाली लोक गीत रेशम फिरिरीमा नृत्य प्रशिक्षण गराई मेलाको शुभारम्भ गरेका थिए भने समापनमा अन्तराष्ट्रिय कलाकारले नेपाली गीतमा प्रस्तुति दिएका थिए।