आयुश्री लिटिल आइडल

0
Shares

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्वारा राजधानीमा संयुक्त रूपमा आयोजित लिटिल आइडल २०२२ को उपाधि युरो स्कुल हात्तीगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी छन्।

आयुश्रीले शीर्ष उपाधिसहित ३० हजार रूपैयाँ पुरस्कार एवं एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छन्। प्रतियोगितामा बागमती बोर्डिङ हाइस्कुल सुकेधाराकी प्रश्मी रत्न फस्ट र नेसनल ब्लुमिङ फ्लावर एकेडेमी बुढानीलकण्ठकी बिहानी गुरुङ मिस लिडरसिपसहित सेकेन्ड रनर्सअप भए। उनीहरूले पुरस्कार वापत क्रमशः २० र १० हजार रूपैयाँका साथमा एक वर्षको छात्रवृत्ति प्राप्त गरेका छन्।

प्रतियोगितामा १० हजाररूपैयाँ पुरस्कारसहित सगुन महर्जन मिस ट्यालेन्ट, सम्पदा महतो मिस कन्फिडेन्ट, सिर्जा शाह मिस डाइनामिक, आश्का भण्डारी मिस पर्सनालिटी, अभिलाशा श्रेष्ठ मिस फोटोजेनिक, करुना थुलुङ राई मिस फ्रेन्डसिप र प्रिन्सु शर्मा मिस इन्ट -याक्टिभ भए।

प्रतियोगितामा प्राज्ञ प्रदीप बमजन, डीआईजी भीम ढकाल, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारी, मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रियारानी लामा, अभिनेत्री उषा रजक, मिस मंगोल नेपाल २०२१ एप्रिला घिसिङ र नेपाल एड्मिनिस्टझेटिभ स्टाफ कलेजका डेपुटी डारेक्टर शिव अधिकारी निर्णायक रहेका थिए।