नेपथ्यका साथ एक महिनासम्म मानवताका लागि संगीत

0
Shares

हेटौंडा ।

हेटौंडामा नेपथ्य ब्यान्डका चर्चित गायक अमृत गुरुङको लाइभ कन्र्सट हुने भएको छ। हेटौंडा-९, लामसुरेधापस्थित मानवसेवा आश्रमले आफ्नो आश्रमका विभिन्न जिल्लामा निर्माणाधीन शाखा भवनका लागि अक्षय कोष स्थापना गर्न देशका प्रमुख सहरमा नेपथ्य ब्यान्डका चर्चित गायक गुरुङलाई लिएर मानवताका लागि संगीत कार्यक्रम गर्न लागेको हो।

पत्रकार सम्मेलन गर्दै आश्रम अध्यक्ष रामजी अधिकारीले हेटौंडाको भुटनदेवी चौरमा मंसिर २२ गते नेपथ्य लाइभ कन्र्सट हुने जानकारी गराए। उनका अनुसार मंसिर १६ गतेबाट पुस १६ गतेसम्म एक महिना देशको १० प्रमुख शहरमा मानवताका लागि संगीत कार्यक्रमका लागि तयारी सुरु भएको छ।

मंसिर १६ गते शुक्रबार बिराटनगर, १९ गते वीरगञ्ज, २२ गते हेटौंडा, २५ गते नारायणगढ र २९ गते नेपालगञ्जमा कार्यक्रम तय गरिएको छ। त्यसैगरी, पुस ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल, १२ गते पोखरा र पुस १६ गते काठमाडौंमा मानवताका लागि संगीत कार्यक्रम तय भएको अधिकारीले बताए।