तीजलाई शान्तिपियको छुनुमुनु

0
Shares

शान्तिप्रियको शब्द रचनामा तीज गीत छुनुमुनु गर्दै सीसी नेपाल युट्युब च्यानलबाट भिडियोसहित सार्वजनिक भएको छ।

विकृतिस्वरूप तीजको धेरै अघिबाट तीज गीत सार्वजनिक गर्ने गरिए पनि आफूले तीजको छेकोमा मात्रै गीत ल्याउने गरेको शान्तिप्रियले बताए। गीतमा संगीत संयोजन र संगीत राकेश सोनीको रहेको छ। बिन्दु बिसीको स्वर रहेको गीतको भिडियो हेरुका लामाले निर्देशन गरेका छन्। एञ्जेल तामाङको नृत्य समूहले नृत्य गरेको छ।

गीतको भिडियोमा अप्सरा पुरी, वर्षा तामाङ र झरना परीयारलाई प्रस्तुत गरिएको छ। भिडियोमा छायांकन, सम्पादन र रंग संयोजन बज्र ङगासुरको रहेको छ। गीत भिडियो शान्तिप्रियले निर्देशन गरेका छन्। मौलीक तीज गीतको मर्मलाई आत्मसात गर्दै त्यसै अनुसारको भाव नमर्ने गरी भिडियोलाई सकभर राम्रो बनाउने प्रयास गरेको कोरियोग्राफर एवं निर्देशक हेरुका लामाले बताए।