चुलबुल सार्वजनिक

0
Shares

मामा-भाञ्जीको माया, आदर र स्नेहमाथि बनाइएको दीपेन्द्र अधिकारीको गीत चुलबुल सार्वजनिक भएको छ।

अधिकारीको शब्द रचनामा बलबहादुर राजवंशी र तेरेसा विश्वकर्माको स्वर रहेको गीतको भिडियोमा महेश खड्का, आस्था पौडेल, नारायण अधिकारी, घनश्याम जोशी, विमला अधिकारी र स्वराज अधिकारीले अभिनय गरेका छन्।

वसन्त सापकोटाले संगीतबद्ध गरेको गीतको भिडियो रोहन नेपालीले निर्देशन गरेका छन्। भिडियोमा छायांकन उत्तम हुमागाईं र सम्पादन निशान घिमिरेको रहेको छ।