टुबोर्ग ओपनमा भेकलाई अवसर



नेपालको लोकप्रिय वियर ब्रान्ड टुबोर्ग र संगीतको वर्षौंबाट गहिरो सम्बन्ध चलि आइरहेको छ। टुबोर्गले सधै संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ।

यस क्रममा टुबोर्गले गत ५ वर्षदेखि टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारसँग संलग्न भई संगीत क्षेत्रको उत्थान गर्दै आइरहेको छ। टुबोर्ग ओपन अभियान टुबोर्ग उत्पादन फैलिएका विभिन्न देशमा छैटौं पटक हुँदैछ भने नेपालमा यो पाँचौपटक हुनेछ। टुबोर्ग ओपनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ।

यो वर्षको थिम भने टेक द स्टेज छ। जस्मा विश्वप्रख्यात कलाकारले यदयीमान स्वदेसी कलाकारलाई मार्गदर्शन गरी संगीतको मुल भावलाई जोड्दै लोकप्रिय कलाकार कसरी बन्न सकिन्छ भन्ने टिप्स दिएका छन्।

टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ। उनीसँगै जोडिएका छन् नेपालका उदयीमान कलाकार भेक। जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन्। उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तराष्ट्रिय ख्याति कमाएका थिए भने सो गीत अमेरिका र न्यूजील्याण्डमा नम्बर एकमा पुग्न सफल भएको थियो। उनका जलेबी बेबी, स्वाला, स्याभेज लभजस्ता थुप्रै गीत हिट छन्।

भेक नेपाली सांगितीक आकाशमा पछिल्लो पुस्ताका लोकप्रिय उदयीमान संगीतकर्मी हुन्। उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै क्रेज कमाएका छन्। उनको एक्लै जिउन सिके”, “मायालु, लै बरी लैजस्ता गीत हिट छन्। टुबोर्ग ओपन २०२२ अन्र्तगत गत महिना जेसन डेरुलोसँग अमेरिकाको लस एन्जलसमा भेकले मेन्टरशिप प्राप्त गरी नेपाल फर्केका छन्। जेसन डेरुलोको मार्गदर्शनपश्चात भेकले यो वर्षको लागि एउटा नयाँ गीत तयार पार्दैछन्।

जुन आगामी केहि महिनामा सार्वजनिक हुनेछ। टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्रमा एकदम गहिरो छ। कयौं बर्षदेखि यो अटुट सम्बन्ध अझै पनि कायम छ। चाहे त्यो संगीतको बिधा रक होस्, क्लासिक होस्, दोहोरी होस् अथवा ईडिम नै किन नहोस्, टुबोर्गले सधै संगीतलाई सपोर्ट गर्दै आएको छ। यो पाली पनि सोही सम्बन्धलाई अघि लगी टुबोर्गले संगीतद्वारा देश तथा विदेशमा रहेका कलाकारलाई जोड्न सफल भएको छ ।  गोर्खा ब्रुअीका मर्केटिङ डाईरेक्टर आशिष बिष्ट भन्नु हुन्छ।

प्रतिक्रिया दिनुहोस्