५८४ अस्थायी दरबन्दी स्वीकृत

0
Shares

काठमाडौं  । 

सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५ सय ८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयमा ३ सय ८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २ सय ४ वटा गरी ५ सय ८४ जना अधिकृत स्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उहाँले दुवै मन्त्रालयमा आर्थिक वर्ष ०७९÷८० का आयोजना सञ्चालन गर्न राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी थप गर्ने निर्णय भएको हो ।