३० विधामा तीज गीत अवार्ड


छायाँछवि क्रियसनले तीजको परम्परालाई कायम राख्दै नवौं छायाँछवि तीज म्युजिक अवार्ड –०७९ को आयोजना गर्ने भएको छ।

तीजको अवसरमा सार्वजनिक गीत संगीतका विभिन्न विधालाई समेट्दै अवार्ड कार्यक्रम आयोजना गरिन लागेको आयोजकले जनाएका छन्।

यसपटकको अवार्ड तीजका अवसरमा आगामी शुक्रबार राजधानीमा आयोजना गरिने अवार्ड आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले जानकारी गराएका छन्। यसैबीच, अवार्डको मनोनयन सूची पनि सार्वजनिक गरिएको छ।

कार्यक्रममा तीज गीततर्पm ध्वनि मुद्रण, एरेन्जर, मौलिक एरेन्जर, छायांकार, भिडियो सम्पादक, नृत्य निर्देशक, भिडियो निर्देशक, शब्द रचना, दोहोरी शब्द, मौलिक गीत शब्द, सन्देशमूलक शब्द, गायिका, दोहोरी गायक, दोहोरी गायिका, नव–गायिका, युगल गीत, लय, दोहोरी लय, मौलिक लय, दोहोरी मौलिक गीत, गायिका र मौलिक तीजगीत गायिका र मौलिक तीज गीत गायिकालगायत ३० विधामा अवार्ड प्रदान गरिने जनाइएको छ।