सोनम कपुर छोराको आमा


बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छन्। सोनमले शनिबार छोरालाई जन्म दिएकी हुन्।
सोनम तथा उनका व्यवसायी पति आनन्द आहुजाको तर्फबाट जारी गरिएको एक सन्देशमा छोराको आगमनपछि आफूहरूको जिन्दगी सदाको लागि बदलिएको भन्दै डाक्टर आफन्त तथा घरपरिवारलाई धन्यवादका साथ खुसी बाँडेका छन्।

आमा बनेको खबरसँगै सोनमलाई बलिउड सेलिब्रेटीदेखि फ्यानसमेतको बधाईको ओइरो लागेको छ। सोनमलाई बाबो म्यागेजिनले आमा बनेको अवसरमा आप्mनो कभरमा छापिएको फोटोसहित बधाई दिएको छ।गर्भावस्थामा गरिएको सोनामको उक्त फोटोसुट उनी आमा बनेपछि भाइरल भएको छ। उक्त फोटोमा सोनमविना कुनै भित्री वस्त्र एक सर्टमा मात्र देखिएकी छन्।

सर्टको सबै टाँक खुल्लै छन् भने सोनम आफ्नो बेबी बम्पमा हात राखेर पोज दिइरहेकी देखिन्छिन्। उक्त फोटोसुटलाई लिएर सोनमका फ्यानले भने असन्तोष व्यक्त गरेका छन्। केहीले सोनमलाई गर्भावस्थाको फोटोसुट गर्नका लागि नागिंनु पर्दैन भन्ने प्रतिक्रिया दिएका छन्

भने केहीले सोनमका साथ धेरै पैसा भए पनि कपडा किन्नका लागि पैसा नभएको भन्दै व्यंग्य गरेका छन्। यसभन्दा अघि पनि प्रेग्नेन्सी फोटोसुटका कारण बेला-बेलामा आलोचना खेप्दै आएकी सोनम आमा बनिसकेपछि पनि प्रेग्नेन्सी फोटोसुटका कारण चर्चामा छन्।