आर्थरले तताए होम कमिङ टुबोर्ग टुर


विश्व विख्यात गायन रियालीटी शो अमेरिकन आईडल १८औं सिजनबाट सबैको आँखामा परेका आर्थर गन नामले परिचित नेपाली गायक दिवेश पोखरेलले शनिवार राती आफ्ना नेपाली प्रशंसकलाई संगीतको तालमा भुमाएका छन्।

टुबोर्ग होम कमिङ टुर पहिलो चरणमा शनिवार राती भरिभराउ दर्शकका बीच क्लब प्लाटिनममा आयोजित कार्यक्रममा उनले आफ्ना गीत संगीतमार्पmत दर्शकलाई भुमाएका हुन्। के पीर पर्यो तिमीलाई? बोलको गीतबाट टुबोर्ग होमकमिङ टुर सुरु गरेका आर्थरले लभ ईज माई रिडेम्पसन, न्यानो घरजस्ता आप्mना लोकप्रिय गीत गाउँदा दर्शकले वन्स मोरको हुटिध्र गरिरहे भने आर्थर आफ्ना प्रशंषकको माग पूरा गर्दै नेपाली र अंग्रेजी गीत गाएर थाकेनन्।

संगीतप्रेमीको वन्स मोर र तालीको गडगडाहका बीच उनले नेपाली र अंग्रेजी गीत गाएर संगीतप्रेमीलाई लोभ्याईरहे। गीत संगीत प्रस्तुतिका क्रममा क्रिडेन्स् क्लियरवाटर रिभाईभलको ह्याब् यु एभर सिन द रेनजस्ता हिट नम्बरसमेत गाएर आर्थले दर्शकलाई मोहित तुल्याईरहे। आफ्नो टुरको शुरुमै दर्शकबाट लोभलाग्दो माया र समर्थन पाएपछि आर्थरले पोखरा, चितवन, बुटवल, धरान र बिर्तामोडजस्ता विभिन्न सहरमा प्रत्यक्ष प्रस्तुति दिने भएका छन्।

आर्थर सन् २०२० को अमेरिकन आईडलमा सहभागी भएपछि उनको लोकप्रियता ह्वात्तै बढेको थियो। अमेरिकन आईडलमा उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभलको ह्याब् यु एभर सिन द रेनजस्ता गीत आप्mनौ शैलीमा गाएर सबैको मन जितेका थिए। उनको गायन प्रस्तुतिको रियालीटी शोका सबै ३ निर्णायकले खुलेर प्रशंसा गरको थिए। विश्व प्रसिद्ध गायिका केटि पेरीले त उनलाई हि ईज द बेस्ट भन्दै खुल्ला मनले प्रशंषा गरेकी थिइन्। निर्णायकसँगै दर्शकको मन जित्दै आर्थर १८औं सिजनको अमेरिकन आईडलको उपविजेता बन्न सफल भएका थिए।

टुबोर्गले संगीतसँगको गहिरो नातालाई निरन्तरता दिने क्रममा यो टुरको मूख्य प्रायोजन गरेको हो। टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ। टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ। सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनको यो टुरमा आबद्ध हुन पाउँदा निकै गर्व महसुस गरेका छौँ गोर्खा ब्रुअरीका मार्केटिध्र डिरेक्टर आशिष विष्टले भने।