आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान प्रतिबन्ध

0
Shares

काठमाडौं ।

सरकारले आजबाट  सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ ।

गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटको बुँदा नम्बर २५२ ‘मा एलपी ग्यास छोडौं, बिजुली जोडौं’ भन्ने नारासहित ग्यास विस्थापित गर्ने उद्देश्य आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान नपाइने भएको छ ।

सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । अब सिंहदरबारभित्र विद्युतीय चुलो प्रयोग गरिने छ ।