प्रधानन्यायाधीश राणाको महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज

0
Shares

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्दैछ।

गत १ फागुनमा महाअभियोगवाट निलम्बित भएका प्रधानन्यायधिस राणालाई महाअधियोग लगाउन हुने हो कि नहुने रु भन्ने बारेमा सिफारिस गर्न बनेको उक्त समितिको पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुने छन ।

प्रतिनिधिसभाले २३ फागुनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा गठन गरे पनि बैठक भने अझै बस्ने सकेको थिएन । प्रतिनिधिसभाले सो बारेमा लामो समय पछि समितिलाई अध्ययन गरी सिफारिस गर्नका लागि अनुमुति दिए पछि पहिलो बैठक बस्न लागेको हो ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले गत १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए।