संगीतमा के सारो

0
Shares

गायक मनिस अधिकारीद्वारा स्वरबद्ध के सारो बोलको रमाइलो गीत सार्वजनिक गरिएको छ।

जिनोस प्रडक्सनको युट्युब च्यानलबाट भिडियोसहित सार्वजनिक गीतमा अनिस ओकिलीको शब्द रचना र स्व. बिजु बज्रका संगीत रहेको छ।

समन अधिकारीको निर्देशन र राजन खड्काको निर्माण रहेको गीतको भिडियोमा दिक्पाल कार्की र सीमा खड्काले अनस्क्रिन रोमान्स गरेका छन्।

भिडियोमा राजन खड्काले पनि अभिनय गरेका छन्। काठमाडौं उपत्यकाको सेरोफेरो धुलिखेल, बतासे डाँडाजस्ता रमणीय स्थलमा छायांकन गरिएको भिडियोको छायांकन नवराज उप्रेती र सम्पादन विकास धमलाको रहेको छ।