काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन जटिल बनेपछि काठमाडौ महानगरपालिकाका मेयर वालेन्द्र साह सहितको काठमाडौ महानगरपालिकाको टोली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न जाने भएका छन् ।
आज बिहान बञ्चरेडाडा ल्याण्डफिल साइट अवलोकन गर्ने क्रममा तीनपिप्लेबाट फर्किएका मेयर साह र प्रवक्ता नविन मानन्धर सहितको टोली साँझ बालुबाटार जाने भएका छन् । प्रवक्ता मानन्धरले अहिले केहीबेरमा प्रधनमन्त्री देउवासंग भेट गर्न जान लागेको बताउनुभयो ।
उहाका अनुसार भेटमा मेयर सहितका केही टोली पुग्नेछन् । प्रवक्ता मानन्धरले बिहान ओखरपौवा पुगेको बताएपनि तीनपिप्लेबाट बञ्चरेसम्म जान सकेका थिएनन् ।
स्थानीयको अवरोधका कारण करिब तीन सातायता ल्याउडफिल साइमा फोहोर फाल्न सकेको छैन । महानगरपालिकाको चर्को आलोचना भएपछि मेयर साह प्रम भेटन वालुवाटार जान लाग्नुभएको हो ।
प्रतिक्रिया