रेनुका र प्रवीण मेरो डान्स र भ्वाइस कप यूएसए

0
Shares

अमेरिकामा सम्पन्न डान्स रियालिटी शो मेरो डान्स कप यूएसए–४ को उपाधि रेनुका राईले चुमेकी छन्। इन्टझा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिवापत उनले ताजका साथमा १० हजार अमेरिकी डलर र टोयोटा -याभ फोर गाडी प्राप्त गरेकी छन्।

त्यसैगरी, मेरो भ्वाइस कपको उपाधि प्रवीण बर्देवाले चुमेका छन्। उनले पनि उपाधिवापत १० हजार अमेरिकी डलरका साथमा टोयटाको गाडी प्राप्त गरेका छन्। मेरो डान्स कप यूएसए–४ र मेरो भ्वाइस कप यूएसए २ को फाइनल कार्यक्रममा अमेरिकाको कोलम्बस सहरमा सम्पन्न भएको हो। दवबैै रियालिटी शोमा दर्शकको भोटिङका आधारमा विजेता छनोट गरिएको हो। शोमा अमेरिका र क्यानडामा बस्दै आएका नेपालीभाषी गायन र नृत्य प्रतिभाले प्रतिस्पर्धा गरेका थिए।

उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरी सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना गरिएको दुवै रियालीटी शोको सेमिफाइनल नेपालमा सम्पन्न गरी युनिट फाइनलका लागि अमेरिका फर्किएको थियो। मेरो डान्स कपमा आयुषा समाल फस्ट र सुमिका तामाङ+ सेकेन्ड रनर्सअप भएका छन्। त्यसैगरी, मेरो भ्वाइस कपमा करण तामाङ फस्ट र सितल शर्मा सेकेन्ड रनर्सअप भएका छन्। कार्यक्रममा मेरो भ्वाइस कपका विजेतालाई इन्टझा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले र मेरो डान्स कपका विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पुरस्कार प्रदान गरेका थिए।

दर्शकको बाक्लो भिडका बीच सम्पन्न फाइनल शोमा संगीतकार शम्भुजित बास्कोटा, गायकहरू नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अजर्नु रसाइली, जगदीश समाललगायतले आफ्नो प्रस्तुतिबाट दर्शकलाई रामोञ्चित तुल्याएका थिए भने दिलीप रायमाझी, सारंगा श्रेष्ठ र केकी अधिकारीले नृत्य प्रस्तुत गरेर दर्शक झुमाएका थिए। इन्टझा फाउन्डेसनले आगामी वर्षदेखि मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको आयोजना गर्ने भएको छ। जसमा विश्वभर छरिएर रहेका नेपाली प्रतिभाले सहभागिता जनाउन सक्नेछन्।