इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

0
Shares

काठमाडौ‌ं ।

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो ।

भेटमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाललाई कृषि क्षेत्रमा लैजाने विषय टुंगोमा पुगेको बताए ।

त्यस्तै उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६ सय ९९ जनाले निवेदन दिएकोमा एक हजार एक सय ४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।