नेपाली ब्याटिङमा प्रविधिको कमी

0
Shares

काठमाडौं । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा भर्खरै नियुक्ति भएका मनोज प्रभाकरले नेपाली खेलाडीको ब्याटिङकै चर्चा गरेका छन् । आइतबार प्रभाकरले पत्रकार सम्मेलनमा बताए कि नेपाली ब्याटरमा प्रविधिको कमी रहको छ । यसैमा सुधार गर्ने तर, यसका लागि समय आवश्यक भएको प्रभाकरले बताए ।

पूर्व भारतीय बलर प्रभाकरले उदाहरण पनि भारतीय खेलाडीकै दिए । उनले भने— ‘केएल राहुलले सही प्रविधिका साथ खेलेर शतक प्रहार गरेका छन् । यस्तै विराट कोहलीले पनि प्रविधिकै प्रयोग गरेर ब्याटिङ प्रदर्शन गर्छन् ।

गत महिना पुबुदु दासनायकेले नेपाली टोलीलाई बीचैमा छाडेपछि नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकरलाई मुख्य कोच बनाएको हो । प्रभाकरले भारतीय टोलीका लागि बलिङ गरे पनि ओपनरको रुपमा समेत उनलाई फिट गराएको थियो । प्रभाकरले नेपाली टोलीको लागि ओडीआई प्राथमिकतामा राखेको बताएका छन् ।