नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन

0
Shares

सिरहा ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुर्न विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ ।

राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पु-याएका छन् ।