कृष्णलीला चितवनमा

0
Shares

भगवान श्रीकृष्णको जन्मदिन कृष्णजन्माष्टमीको अवसर पारेर आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुने फिल्म कृष्ण–लीलाको टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ।

कृष्ण लीलाको कलाकारसहितको टिमले भोलि मंगलबार साँझ सिजी ल्यान्डमार्कमा निःशुल्क कन्सर्ट गर्न लागेको फिल्मका निर्देशक दीपक ओलीले जानकारी गराएका छन्।

ओएसिस एजुकेसन (अस्टझेलियन भिसा स्पेसलिस्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहने प्रमोसन टुरको कन्सर्टमा कृष्ण लीलाका कृष्ण अर्थात् अभिनेता पुष्प खड्का, लीला अर्थात अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झाका साथमा साहेी फिल्मको सुपरहिट गीत ए मेरो हजुरका गायक रवि ओड र गायिका सुनीता कार्की, कोरियोग्राफर माइकल चन्दलगायतले दर्शकमाझ विभिन्न मनोरञ्जक सामग्री प्रस्तुत गर्ने भएका छन्।

कन्सर्टमा निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी, प्रस्तुतकर्ता रोहित कद्मेल, कार्यकारी निर्माता रत्न श्रेष्ठलगायत पनि सहभागी हुनेछन्। द पोजेटिभ इभेन्ट्सले व्यवस्थापन गर्ने कन्सर्ट समय मिलेसम्म देशका अन्य सहरमा समेत आयोजना गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ। आरआर फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा पुष्प, श्रद्धा, बुद्धि र रवीन्द्रका साथमा हिउँवाला गौतम, नवीन रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन्।