द काइट्स विमोचित


नवगायक करण राईको पहिलो गीति एल्बम द काइट्स राजधानीमा आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि वरिष्ठ गायक गणेश रसिक, विशेष अतिथिहरू गायक राजेश पायल राई, अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बू र कवि, गीतकार, निर्देशक तथा कार्यक्रमका सभापति प्रकाश आङदेम्बेले विमोचन गरेका छन्।

विमोचित एल्बममा ९ गीत संग्रहित छन् भने एउटा गीत गायनमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छन्, बाँकी सबै गीतमा करणको एकल स्वर रहेको छ। यी गीतमा प्रकाश आङदेम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डुझक्पा र सपना भुजेलको शब्द तथा देवेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत रहेको छ। सबै गीतको एरेञ्जमेन्ट गायक तथा संगीतकार दवेशले नै गरेका छन्।

कार्यक्रममा करणले लाइभ ब्यान्डका साथ रानी हो र चंगा बोलका दुई गाएर सुनाएका थिए। सानै उमेरदेखि गाउँथे, आज आएर पहिलो एल्बम उहाँहरूको हातबाट विमोचन गर्न पाउरूदा चंगाजस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु गायक राईले भने। कार्यक्रममा सहभागी अतिथिहरूले उनको एल्बम र गायकीबारे चर्चा गरेका थिए ।