बल प्रयोग नगरी फोहोर बिसर्जन

0
Shares

काठमाडाैं ।

काठमाडौं महानगरपालिकाले बल प्रयोग नगरेरै फोहोर विसर्जन गरिरहेको छ । वर्षातको समयमासमेत हिजो शनिबारबाट नियमित रुपमा फोहोर विसर्जन भइरहेको छ ।

कामपा वातावरण व्यवस्थापन विभागका अनुसार बिहानदेखि दिउसो करिब १ बजेसम्म झन्डै सय ट्रक फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा विसर्जन भैसकेको छ ।

 कामपा वातावरण व्यवस्थापन विभाग ल्याण्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले नियमित रुपमा फोहोर विसर्जन भइरहेको बताउनुभयो । भन्नुभयो–दिउसोसम्म कुनै अवरोध छैन । बिना अवरोध फोहोर विसर्जन हुनसके करिब ५ दिनसम्ममा काठमाडौं महानगर क्षेत्र सफा भइसक्ने बताउनुभयो ।