काठमाडौँ।
साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
गत शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ५ सय रुपियाँले बढेर ९७ हजार ८ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया