दीपेन्द्र र सीमा द -फि्लक मोडल्स

0
Shares

गायक तथा मोडल दीपेन्द्र सोनाम र ब्युटिसियन तथा मेकअप आर्टिस्ट सीमा श्रेष्ठ राजधानीमा हालै सम्पन्न पहिलो संस्करणको द फ्लिक मोडल्स नामक मोडलिङ प्रतियोगिताका प्रमुख उपाधि विजेता भएका छन्।

नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि भन्दै फोकस फेसनद्वारा आयोजित प्रतियोगितामा उनीहरूले उपाधिवापत ५० हजार रुपियाँ नगद प्राप्त गरेका छन्। युवा व्यवसायीसमेत रहेका सिन्धुपालचोकका दीपेन्द्रले हालै तिमी मेरै बन न नामक फिल्ममा प्रमुख भूमिकामा अभिनयसमेत गरेका छन्। उनले प्रमुख उपाधिका साथ मिस्टर लिडरसिप, बेस्ट ड्रेस र मिस्टर फोटोजेनिकको उपउपाधिसमेत जितेका छन्।

महिलातर्फकी विजेता सीमाले यसअघि पनि सौन्दर्य प्रतियोगितामा अनुभव बटुलिसकेकी छन्। यसअघि, ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ मा बेस्ट डझेस अवार्डको उपाधि जितेकी गोरखाकी सीमाले राजधानीमा युनिसेक्स सैलुन सञ्चालन गर्दै आएकी छन्। द फ्लिक मोडल्स प्रतियोगतामा भने प्रमुख उपाधिका साथ बेष्ट ड्रेस , फोटोजेनिक, लिडरसिप र बेस्ट टाक्सको उपउपाधिलाई पनि आप्mनो बनाएकी छन्।

प्रतियोगितामा जेम्स दुनदास र अमिषा सुवेदी मिस्टर र मिस एटिट्युड, शरद करेन र स्वती यादव मिस्टर र मिस कन्फिडेन्ट, सागर बस्नेत र अंकी सेती फस्ट तथा वेदान्त रञ्जित र सीमा गुरुङसेकेन्ड रनर्सअप भएका छन्। त्यसैगरी, वेदान्त रञ्जित र अंकी सेती मिस्टर र मिस ट्यालेन्ट, केविन श्रेष्ठ र सीमा गुरुङ मिस्टर र मिस क्याटवक, सविना बस्नेत मिस पर्पेक्ट फिगर, बार्बी योञ्जन मिस बब्ली, निशा गजुरेल मिस वेस्ट स्माइल, सागर बस्नेत र सुष्मिता बराल मिस्टर र मिस पंचुआलिटी, रत्नकुमारी महर्जन मिस डिसिप्लेन, प्रदीप राई र शान्ती शाही ठकुरी मिस्टर र मिस लोयल तथा प्रतिमा पाण्डे मिस ब्युटिफुल आइजको टाइटल विजेता बनेका छन्।

फोटोग्राफर राजभाइ सुवाल, मोडल दीपक घिमिरे, मेकअप आर्टिस्ट सिर्जना श्रेष्ठ र इभेन्ट अर्गनाइजर विशाल गुरुङ निर्णायक रहेकोको प्रतियोगिता ऋता कद्मेलले सञ्चालन गरेकी थिइन् भने जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा सम्पन्न भएको थियो। कार्यक्रममा रमिता भण्डारीले चर्या नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेकी थिइन्।मोडलिङ क्षेत्रका विभिन्न विधामा भविष्य निर्माण गर्न चाहनेका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था फोकस फेसनका अध्यक्ष आदर्श शर्माले बताए।