व्यस्तताका कारण अलग्गिए किम र पिट


हलिउड अभिनेत्री किम कार्डसियन यति बेला सम्बन्धका चर्चामा छिन्। सिएनएनएमा प्रकाशित समाचारअनुसार करिब ९ महिनादेखि प्रेम सम्बन्धमा रहेका किम र अभिनेता पिट डेभिसन यही साता अलग भएका छन्।

समााचारअनुसार एक+अर्काप्रति माया र सम्मान हुँदाहुँदै पनि एक+अर्काको व्यस्त समय कारण सम्बन्धलाई अघि बढाउन समस्या भएकाले दुवै सल्लाहअनुसार अलगिएका हुन्। कान्याका साथ असमझदारी बढेपछि सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाउँदै गर्दा किमले टेलिभिजन कार्यक्रम स्याटरडे नँइट लाइभमा पिटलाई चुम्बन गरेको दृश्यले चर्चा पाएको थियो। सोही समयदेखि एक+अर्काका साथ देखिन थालेका किम र पिटले आफूहरू सम्बन्धबाट खुसी रहेको बताउँदै आएका थिए। ४२ वर्षीया किमभन्दा पिट १४ वर्ष कान्छा छन्।

किमले हालसम्म तीन विवाह गरिसकेकी छन्। उनले १८ वर्षको उमेरमा सन् २००० मा पहिलो विवाह डेमन थमसका साथ गरेकी थिइन् भने सन् २००४ मा छुद्मिएकी थिइन्। सन् २०११ मा क्रिस हन्पेरिसका साथ विवाह गरेकी उनको दोस्रो विवाह दुई वर्ष पनि टिकेन। सन् २०१३ मा क्रिसका साथ छुद्मिएकी किमले एक वर्ष नपुग्दै -यापर कान्याका साथ विवाह गरेकी थिइन्। कान्याको साथ सन् २०२० मै छु द्मिने निर्णय गरे पनि उनीहरूको कानुनी प्रक्रिया भने अझै चलिरहेको समाचारमा जनाइएको छ। हाल किम पूर्वपति कान्याका चार सन्तानको हेरचाह गरिरहेकी छन्।