सौगात र सृष्टीको जोडी माइकल अधिकारीबाट दंग

0
Shares

अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्व नेपाल सुन्दरी सृष्टी श्रेष्ठको रिल र रियल जोडीलेसँगै काम गरेको अर्को फिल्म माइकल अधिकारी आगामी भाद्र ३ गतेबाट अल नेपाल रिलिज हुने भएको छ।

आफूहरूले जोडीका रूपमा काम गरेको यो फिल्मलाई लिएर सौगात र सृष्टी दुबै उत्साहितसँगै दंग छन्। यो फिल्मलाई लिएर एक्साइटेड हुनुको दुई कारण छ। एक त यसमा मैले आजसम्म नगरेको फन्नी रोल गरेको छु। अर्को कुरा यसको स्क्रिनप्ले नै बलियो छु फिल्मबारे जानकारी दिन हालै राजधानीमा आयोजित भेटघाट कार्यक्रममा सौगातले सुनाए मलाई कमेडी फिल्म मनपर्छ। कमेडी प्ले धेरै गरेको छु। तर, फिल्मको कमिक रोलमा भने यो नै मेरो लागि पहिलो हो। म कम हाँस्ने मान्छे भए पनि यस्तो रोल गर्नचाहिँ रुचाउँछु। मेरो क्यारेकटर पनि फन्नी भएकाले सुटिङमा पनि यस्तो गरियो है भनेर रमाइलो गर्ने गरिन्थ्यो। सौगातले आफ्नो भूमिकाबारे सामान्य रूपमा प्रकाश पार्दै भने मेरो क्यारेक्टर बाठो बन्न खोज्ने, तर त्यसमै फस्ने खालको छ। यो क्यारेक्टरमा अभिनय गर्दा केही आफूबाटै लिएँ, केही वरपर, साथीभाई र समाजबाट लिएँ।

गोपिकृष्णको ब्यानरमा निर्माता उद्धव पौडेलको प्र्रस्तुति र निरक पौडेलको निर्माण तथा रनजीत रौनियारको निर्देशनमा बनेको माइकल अधिकारी सेरोगेसीको नयाँ विषयवस्तुमा बनेको छ। सौगातले सुनाए माइकल अधिकारीको स्क्रिफ्ट पढ्नेबित्तिकै एक्सटाइटेड थिएँ। यसको कन्टेन्ट नयाँ छ। तर, कन्टेन्ट मात्र भएर हुँदो रहेनछ। यसको केही उदाहरण यसअघिका थुप्रै फिल्म छन्। फिल्मलाई बलियो बनाउन स्क्रिनप्ले नै चाहिँदो रहेछ। यसमा कन्टेन्ट पनि देखेँ , स्क्रिनप्ले पनि भेटेँ ।

परिवार बसेर हेरून्, रमाइलो गरून्, रोऊन्, फेरि रमाऊन्, फेरि रोऊन् भनेर स्क्रिफ्ट राइटरले कमर्सियल तरिकाले जुन सोच्नुभएको छ, त्यो एकदमैै ब्यालेन्समा भएको फिल भयोु माइकल अधिकारी पटकथाकै कारण रुचिकर फिल्म भएको दाबी गर्दै सौगातले थपे दर्शकले पनि फिल्म हेरेपछि यो एकदम राम्रो फिल्म रहेछ भन्नुहुन्छ। किनभने यसमा सबै चिज छ। दर्शकले आफूले फिल्म हेरेर अरूलाई पनि हेनुपर्छ भनेर पुस गर्ने खालको छ। सौगातको दुखेसो थियो प्रायः फिल्ममा स्क्रिनप्ले नै गतिलो हुँदैन, यसमा मलाई एकदम दु : ख लाग्छ। प्रायः फिल्मको कथा राम्रो तर स्क्रिनप्ले चाहिँ सुन्नै अल्छि लाग्ने हुन्थ्यो। तर, यसको स्क्रिनप्लेमै सबै कुरा छर्लङ थियो। त्यसैले, स्क्रिफ्ट हेर्नेबित्तिकै फिलमा बस्द्यो भने सबै कुरा आपैँ गुड्किन्छ भन्ने फिल भयो। स्क्रिनप्ले राम्रो हुने बित्तिकै सबै कलाकारको काम राम्रो हुन्छ। कलाकारले घोटिराख्नुपर्दैन। कुनै फिल्मको स्क्रिनप्लेमा नपुगेपछि अरू कुरा खोज्ने, थप्ने गछु। जस्तो लुटमा मासुले हानाहान गरेको सिनपछि थपेको हो। तर, माईकल अधिकारीमा सबै कुरा पहिले नै भएकाले केही चल्नै परेन, थप्नै परेन।

सौगातका अनुसार माइकल अधिकारी सुटिङ गर्ने शैलीका कारण पनि सरल फिल्म थियो। हामीकहाँ फिल्म कसरी सुट गरिन्छ भने एउटा सिन खिचेपछि एकैैपटक ४० नम्बरको वा ९९ नम्बरको सिन खिचिन्छ। बिहे नै नगरेको क्यारेक्टर क्यारेक्टरलाई एक्कासि बच्चा भइसकेपछिको सिन खिच्न लगाइन्छ। यसो हुँदा आर्टिस्टलाई फिल गर्न गा-हो हुन्छ। तर, यो फिल्ममा त्यसरी काम गनु हुँदैन भनेर डाइरेक्टर पनि अवेयर हुनुहुन्थ्यो। त्यसैले, उहाँले सिन बाई सिन सिरियल्ली सुटिङ गनुभयो। त्यो कुरालो हामीलाई एकदमै हेल्प ग-यो। यसअघिका हरेक फिल्मको सुटिङमा अस्ति त्यस्तो गरेँ खासमा यस्तो पो गनुपर्ने रहेछ भन्ने हुन्थ्यो।

त्यसो हुँदो कति इमोसनमा आउनुपर्ने त्यति नै नआउने रहेछु उनले आप्mनो अनुभव सेयर गरे।
माइकल अधिकारीभित्रको र वास्तविक जीवनको समेत सौगातको जोडी सृष्टी श्रेष्ठ पनि यो फिल्मलाई लिएर उत्साहित छन्। भन्छिन् नगरिरहेको चरित्र यसमा गरेँ। मैले अहिलेसम्म कमिकल क्यारेक्टर गर्न पाएको थिइन। यसमा हरेक डाइलग, हरेक इमोसनको पिकमा पुग्नुपर्ने थियो। मेरो आवाज सप्mट छ, तर एकदम चिच्याएर लाउडली बोल्नुपर्ने हुँदा नयाँ अनुभव गर्न पाएँ। उहाँ (सौगात), आशान्तलगायत सबैजना अग्रज कलाकार हुनुहुन्थ्यो, सबैजना थिएटरबाट आउनुभएको कलाकार हुनुहुन्थ्यो।

त्यसले गर्दा सेटमा सधैं फिलमै हुन्थ्यौँ। यो फिल्मबाट धेरै कुरा लर्न गर्ने अवसर पाइयो। सृष्टीले थपिन् फेरि म फस्ट टाइम एउटा मदरको भूमिका गर्दै थिएँ, त्यसमाथि पनि सेरोगेट मदरको। सुटमा जानुअघि हामीले सेरोगेट आमाहरूलाई कसरी कन्भिन्स गरिन्छ, सेरोगेट आमा हुन डाक्टरले के+कसरी इन्टरभ्यू लिन्छ भन्नेजस्तो सबै सपोर्टेट मेटर र डकुमेन्ट हे-यौँ। शुरूमा त्यो महिला इनोसेन्ट हुन्छ। तर, आमा भइसकेपछि, अझ बच्चा दिइसकेपछि कत्ति धेरै टझान्सफरमेसन हुने रहेछ। मान्छे नै टझान्सफर्म हुने रहेछ। यस्तो कुरा त्यो क्यारेक्टरमार्पmत फिल गर्न पाएँ। सुटमा जानुअघि हामीले सेरोगेट आमा खोज्यौँ, तर नेपालमा कम भएकाले भेट्न सकिएन। उपलब्ध डकुमेन्ट र डिरेक्टरले नेपाल र भारतको बोर्डरमा गएर ल्याएको इन्टरभ्य हेरेर हेल्प लियौँ।