हुन्डीमार्फत् कारोबार गरेको अभियोगमा मुद्दा दायर

0
Shares

काठमाडौं ।

राजस्व अनुसन्धान विभागले गैरकानुनीरूपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजङ्ग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुङ्गानाविरुद्ध सोमबार मुद्दा दायर गरिएको हो ।
केही समय पहिले प्रहरीले नवराज ढुङ्गानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार बराबरको रकम पक्राउ गरेको थियो । उहाँले पैसाको स्रोत खुलाउन सक्नुभएको थिएन ।

सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरी अवैध हुन्डी कारोबार भएको निष्कर्ष निकालेको थियो । विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारबाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो ।