काठमाडौँ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार तोलामा ६ सय रुपियाँले बढेर ९६ हजार ९ सय रुपियाँ कायम भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा ३५ रुपियाँले बढेर प्रतितोला १२ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया