बञ्चरेडाँडामा फोहोर बोकेका १४ टिपर तोडफोड

0
Shares

काठमाडौं ।

नुवाकोटको ककनी गाउँपालिका – २ स्थित बञ्चरेडाँडामा फोहोर बोकेर गएका गाडीहरु तोडफोड गरिएको छ । फोहोर बोकेको १४ वटा टिपरहरु सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

नुवाकोट र धादिङको सिमाना नजिकैको कोल्पु खोला अगाडि पार्किङ गरिएका ती सवारी राति ८: ५० मिनेटमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।

सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरे डाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो । राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए ।

यसैबीच, टिपर चालकहरूले सिसडोलमा मंगलबार बिहान नाराबाजी गरेका छन् । सशस्त्र प्रहरी पोस्ट नजिकै पार्किङ गरेर राखिएको गाडीलाई समेत सुरक्षा दिन नसकेको भन्दै उनीहरुले केही बेर नाराबाजी गरेका थिए ।