बाल साहित्यकारको संरक्षण गर्नपर्छ : मन्त्री कार्की

१२ वर्षिया वाल लेखिकाको छोटो उपन्यास पोर्टन सार्वजनिक


काठमाडौं ।

सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्यकारको सम्मान र संरक्षण गर्नु सरकारको दायीत्व भएको बताउनुभएको छ । १२ वर्षिया वाल लेखिका गीत (उनको नाम नै गित हो) पछाईको अंग्रेजी छोटो उपन्यास पोर्टलको विमोचन गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले सानो उमेरमा दोस्रो पुस्तक प्रकाशन गरेर अमूल्य कार्य गरेको बताउदै यस्ता कलाकारलाई अमूल्य गहनाको रुपामा संरक्षण गर्नुपर्ने बताउनुभयो ।
भन्नुभयो–१२ वर्षिया वाललेखिकाको पुस्तकले लाखौलाई प्रेरणा दिएको छ । उनको यो उपन्यासलाई विश्वभर फैलाउन सरकारले सहयोग गर्नेछ । यस्ता साहित्यकारको रचनालाई सञ्चारमाध्यमले प्रचार प्रसार गरेर सहयोग गर्नु सबैको कर्तब्य भएके बताउनुभयो ।

विमोचन कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री मेटमणी चौधरीले सानै उमेरमा साहित्यको माध्यमबाट अघि बढ्नु महत्वपुर्ण विषय रहेको बताउदै यस्ता प्रतिभालाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले यो प्रशंसनीय सिर्जनाको कारण वाललेखिकाको भविश्य उज्वल बन्नेछ ।

पूर्व मन्त्री एवं साहित्यकार शंकरप्रसाद(एसपी )कोइरालाले विज्ञान र अनुसन्धानमा आधारित यो छोटो उमन्यासले धेरैको मन छुन सक्ने बताउनुभयो । भन्नुभयो–उपन्यास लेख्न कठिन छ, नानीले कल्पनाको उचाई छोएकी छिन् । उहाँले यस्ता लेखिकालाई सरकारले सम्मान गर्नुपर्ने बताउनुभयो ।

लेखिका गितले आमावावुको प्रेरणाबाट आफूले दोस्रो कृति प्रकशित गर्न पाएकोमा खुशी व्यक्त गर्दै यो उपन्यासमा विज्ञान, अनुसन्धान विषयमा आधारित भएको बताउनुभयो । १२ वर्षिया पछाईले सबैको प्रेरणा पाएको थप कृति प्रकाशित गर्ने बताउनुभयो । आफूले अध्ययन र अनुसान्धान गरेका विषयलाई समेटेर छोटो उपन्यास तयार गरेको बताउदै लेखिका पछाईले भन्नुभयो–यो पुस्तक लेखेर मलाई थप उर्जा मिलेको छ , सबैको सहयोगमा पुनः साहित्यमा लागिरहनेछु ।

लेखिकाका आमा जानुका ढकालले १० वर्षको उमेरमा तयार गरेको सो पुस्तक कोभिड लगायत विविध कारणले बल्ल प्रकाशन गर्ने अवसर मिलेको बताउनुभयो । उहाँले भन्नुभयो–छोरीको चाहना गित लेख्नु थियो । उनले केही गित लेखेकी छिन् । उनले अहिले तयार गरेको उपन्यासले विज्ञान र अनुसन्धानको विषयमा महत्वपुर्ण ज्ञान दिनेछ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त ढकालले हाम्रो चाहना बुझेर छोरीले साहित्यतिर हात हाल्नपुगेकी बताउनुभयो । उनको कीर्ति पढेर हामी खुसी छौ, हामीले यो आशा गरेका छौ कि यस्ता कीर्तिलाई सबैले माया गर्नुपर्छ ।यसअघि एकोहोरोपनमार्फत गित र कथा लेख्ने गरेकी छोरीले छोटो उपन्यास लेखेर वाल साहित्यमा उच्च स्थान राख्न सफल हुनेमा हामीले विश्वास लिएका हौ–आमा ढकालले भन्नुभयो ।

गितका वुवा विनोद र आमा जानुका गित लेखन र संगित र पत्रकारीतामा लामो समयलदेखि कार्यरत छन् ।

नेपाल विज्ञान प्रतिष्ठानका सदस्य साहित्यकार माया ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले वाल साहित्यकारले तयार गरेको उपन्यासले सबैको मन जित्न सक्ने दाबी गर्नुभयो । भन्नुभयो–मलाई लाग्छ, सानी नानी गितको मेहेनतले अरु साहित्यकारलाई प्रेरणा दिन सक्नेछ ।