हिमालयन बैंकले जित्यो चीनमा मुद्दा

0
Shares

काठमाडौं।

मेलम्ची खानेपानी आयोजनाको बैंक जमानतसम्बन्धी मुद्दामा चीनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ ।

ग्यारेन्टीबापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले पैmसला गरेपछि अब चाइना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टीबापतको रकम फिर्ता गर्नुपर्ने भएको छ ।

फैसलाअनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टीबापतको ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउने छ । यस मुद्दामा चिनको झेङ्गझाउ जिल्ला अदालतले सन् नभेम्बर ६, २०२० मा पनि नेपाली बैंकहरूको पक्षमा फैसला गरेको थियो तर उक्त फैसलाउपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।

हिमालयन बैंक र बैंक अफ काठमाडौंले सन् २००८ मा चाइना कन्सट्रक्सन बैंकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्युरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।