पालो द फि्लक मोडल्सको

0
Shares

मोडलिङ एजेन्सीका रूपमा स्थापित फोकस फेसनले राजधानीमा पहिलो संस्करणको द प्mिलक मोडल्स नामक मोडलिङ प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि आगामी शनिबार राजधानीमा आयोजना हुने प्रतियोगितामा पुरुष र महिला मोडल विजेता चयन गरिने आयोजक फोकस फेसनका अध्यक्ष आदर्श शर्माले जानकारी गराए। उनका अनुसार प्रतियोगिताबाट पुरुष र महिला प्रमुख विजेताका साथमा फस्ट र सेकेन्ड रनर्सअप घोषणा गरिनेछ। विजेतालाई मोडलिङ क्षेत्रमा विभिन्न अवसर प्रदान गरिने शर्माले जानकारी गराए।

प्रतियोगिताको अन्तिम स्पर्धामा ८ पुरुष र १५ महिला मोडलले स्पर्धा गर्नेछन्। प्रतियोगितामाा पुरुषतर्फ केबिन कार्की, शारदा वीर चन्द्र, ब्रबिन योञ्जन, जेम्स सुन्दास, दीपेन्द्र सोनाम, सागर बस्नेत र विदान्त रञ्जितले अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्नेछन्। त्यस्तै, महिलातर्फ अमिशा सुवेदी, निशा खजुरेल, सीमा गुरुङ, सीमा श्रेष्ठ, रत्ना देवी, प्रतिमा पाण्डे, गीता शाही ठकुरी, स्वती यादव, सरगम श्रेष्ठ, अंकी, श्रेष्ठ, सुष्मिता महर्जन, सुष्मिता बराल र सविना बस्नेतको भिडन्त हुनेछ। निर्णायकले यीनैमध्येबाट विजेता, फस्ट र सेकेन्ड रनर्सअपका साथमा उप-उपाधि विजेता चयन गर्नेछन्।

अन्तिम स्पर्धामा फोटोग्राफर राजभाइ सुवाल, अभिनेत्री सञ्चिता लुइँटेल, कोरियोग्राफर जयन सुब्बा मानन्धर, मोडल दीपक घिमिरे र इभेन्ट अर्गनाइजर विशाल गुरुङ निर्णायक रहेका छन्। ऋता कट्टेलले होस्ट गर्ने प्रतियोगिताको अन्तिम स्पर्धाबाट उपाधि चुम्नका लागि प्रतियोगीहरू केही सातायता विभिन्न विधाको प्रशिक्षण र तालिममा व्यस्त छन्। मोडलिङ क्षेत्रका विभिन्न विधामा भविष्य निर्माण गर्न चाहनेका लागि यो प्रतियोगिता कोशेढुंगा महङ्कवपूर्ण हुने आयोजक आदर्श शर्माले बताए।