शिव र देविकाको तीज भाका


गीतकार शिव हमाल र लोक गायिका देविका केसीको नयाँ तिज भाका नाई बाबा नाई सार्वजनिक भएको छ।

गीतमा संगीत पनि हमालकै रहेको छ। जसमा सुनील परियारले संगीत संयोजन गरेका छन्। आफ्नै साथीको दाइ मन परेपछि एक युवतीले उनलाई राखेको प्रेम प्रस्तावमा आधारित गीतको भिडियो आकर्षक बनेको छ।

गीतको भिडियोमा राजकुमार अधिकारी र गायिका प्रीति आलेको मुख्य अभिनय रहेको छ। भिडियोमा स्मृति तिमिल्सिना (गुरुआमा) को कोरियोग्राफी र निर्देशन रहेको छ।