बंगलादेशमा अमेजिङ नेपाल

0
Shares

राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजत महोत्सवका अवसरमा मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले बंगलादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ।

समूहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न आउन आह्वान गरेका छन्। उनीहरूले नेपाल आकर्षक पर्यटकीय क्षेत्र रहेकाले घुमेर मनोरञ्जन लिन आह्वानसमेत गरेका छन्। अमेजिङ नेपालका नाममा आयोजित प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जन बढी तस्वीर प्रदर्शन गरिएको थियो। समूहका अध्यक्ष वन्तले समूह स्थापनाको २५ वर्ष पुगेको अवसरमा वार्षिक रूपमा विविध कार्यक्रम गरी मनाउने क्रममा ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी गराए।

समूहले बंगलादेश फोटो जर्नालिस्ट एसोसिएसनसँगको समन्वयमा कार्यक्रम गरेको हो। समारोहमा बंंगलादेश फोटो जर्नालिस्ट एसोसिएसन ढाकाका अध्यक्ष सोहेल हैदर, सचिव अख्तर अहमद तथा संस्थापक सदस्य वरिष्ठ पत्रकार काजी रौनक हुसेनलगायतका पत्रकारको उल्लेख्य सहभागिता थियो।