मायाको गीतमा सुदूरपश्चिमको भिडियो


गायक प्रतापदास र गायिका सरिता भारतीको युगल स्वरमा तिम्रो मायाले न हो बोलको गीत सार्वजनिक गरिएको छ।
कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले तयार पारिएको गीत भिडियोसहित ओएसआर डिजिटलबाट मंगलबार सार्वजनिक गरिएको हो।

देवल भण्डारीको शव्द रचना रहेको गीतमा एलिश कार्कीले संगीत भरेका हुन्। बिलक्षण क्रियसनले बजारमा ल्याएको गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ (बाबु) को छ। डब्बु क्षत्रीद्वारा निर्देशित गीतको भिडियो मुगुको रारा, अछाम र जुम्लाका विभिन्न रमणिय स्थलमा छायांकन गरिएको छ। भिडियोमा छायाँकार दिव्यराज सुवेदीले कर्णालीको सुन्दरतालाई निकै आकर्षक ढंगले उतारेका छन्। सुन्दर भिडियोले गीतलाई आकर्षक बनाएको छ।

भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन, दिलमाया मगर (एमकेएम फेसन हाउस) र चिटिक्क द फेसन स्टोरको फेसन तथा वीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ। गीतको भिडियोमा गायिका भारतीका साथमा अभिनेता तथा मोडल यसराज गराचले आकर्षक अभिनय गरेका छन्। कर्णाली प्रदेश प्राकृतिक रूपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवद्र्धन गर्न मुगु, अछाम र जुम्लामा छायाँकन गरिएको निर्देशक क्षत्रीले बताए।