गायन र मोडलिङ सँगसँगै


सांगीतिक क्षेत्रमा करियर बनाउने खोज्नेहरू जति धेरै छन्, सफलता प्राप्त नगरी पलायन भएका उदाहरण पनि थुप्रै छन्।यही भीडमा आफ्नो करियर निर्माणमा जुटिरहेका छन् जितबहादुर रावत (जित सागर रावत)। दर्जनौं गीत-संगीत सिर्जना गरिसकेका रावत मोडलिङमा पनि त्यत्तिकै सक्रिय छन्।

कुशल कलाकार बन्ने सपना बुनेर यस क्षेत्रमा होमिएका सल्यानको त्रिबेणी गाउँका उनी गायन क्षेत्रमा त अब्बल छन् नै, अभिनय र मोडलिङमा पनि त्यत्तिकै भिजेका छन्। करियरलाई दरिलो बनाउने क्रममा उनले संगीत र अभिनय तथा मोडलिङ क्षेत्रलाई सँगसँगै अघि बढाइरहेका छन्।

दर्जनभन्दा धेरै गीतको भिडियोमा अभिनय गरिसकेका उनले सल्यानी सुशेली, नशालु आँखैमा, हासिदेउ फूलसरी, गरिबी जीवन, सोल्टिनी, मैयालाई बोलाउँदै, मेरी माया गाउँमा, मसान घाटैमा, झिसमिसेमा, दशैं–तिहार भाग–१, पहिलो प्रेमिका, बिन्ती मेरो, तीज कोसेली, खाडी मुलुक, तिहार भैली (बहिनी कन्याको कथा), आँसु कुनाभरि (दशैं–तिहार गीत), भैलो (बालक राजा), तिम्रो सम्झनामा, छुवाछुत, दैलो, हिजोआज, पर्खाइमा बितेलगायतका गीत गाइसकेको छन् भने यी गीतको भिडियोमा अभिनय पनि गरेका छन्।

केही सट फिल्म तथा सिरियलमा समेत अभिनय गरेका उनले नेपालका विष्णु माझी, राजु परियार, पुणकला बीसी, टीका पुन, राधिका हमाल, देवी घर्ती, शान्तीश्री परियारजस्ता नाम चलेका गायिकाहरूसँग पनि सहकार्य गरिसकेका छन्।गीत-संगीत, अभिनय र मोडलिङबाटै सन्तुष्टि मिल्ने भएकाले यसैमा भविष्य बनाउने सपना उनको छ। त्यो सपना पूरा पनि भइरहेको छ। आगामी दिनमा अझै सशक्त ढंगले आफ्नो प्रतिभालाई बाहिर ल्याउने ढंगले अघि बढिरहेको छु। रावत भन्छन्।